spot_img

कलैया अस्पतालमा ‘जेनजी युथ अफ बारा’को बृहत् सरसफाइ अभियान

spot_img
spot_img

बीरगन्ज, २९ चैत । प्रादेशिक अस्पताल कलैया परिसरमा युवाहरूको सक्रियतामा बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको छ। ‘जेनजी युथ अफ बारा’ले कलैया उपमहानगरपालिका–६ मा रहेको अस्पताल क्षेत्रमा सफाइ कार्यक्रम आयोजना गरेको हो।

अभियानको नेतृत्व जेनजी युथ अफ कलैया उपमहानगरपालिका समितिका अध्यक्ष सौरभ पाण्डेयले गरेका थिए। कार्यक्रम कलैया उपमहानगरपालिकाको सहयोग तथा अस्पताल व्यवस्थापन समितिको समन्वयमा सम्पन्न भएको जनाइएको छ।

चैत २५ गते गरिएको अनुगमनका क्रममा अस्पताल परिसरको सरसफाइ अवस्था सन्तोषजनक नदेखिएपछि सुधारका लागि यो अभियान सञ्चालन गरिएको अध्यक्ष पाण्डेयले जानकारी दिए। उनका अनुसार सार्वजनिक स्वास्थ्य संस्थामा सरसफाइ कायम राख्न समाजप्रति जिम्मेवारी बोध गर्दै यस्तो पहल गरिएको हो।

कार्यक्रममा सौरभ चौगाई, दीपेन्द्र पटेल, सुरज साह, सुरज खनाल, आनन्द गुप्ता, नुर आलम, एजाजुल अन्सारी, सरोज पाण्डे, भोला यादव, प्रशान्त यादव, बलिराम गिरि, रोहाब अन्सारी, शैलेश ठाकुरलगायत स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो।

अभियानमा सहभागी युवाहरूले आगामी दिनमा पनि अस्पताल परिसर सफा राख्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय