spot_img

बीरगन्जमा युवतीले गरिन आत्महत्या

spot_img
spot_img

बीरगन्ज,२९ चैत ।  बीरगन्ज महानगरपालिका–१० मा डेरा गरी बस्दै आएकी एक युवती आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन्। घटनालाई प्रहरीले आत्महत्याको रूपमा आशंका गर्दै अनुसन्धान अघि बढाएको छ।

रौतहटको दिपही घर भएकी २० वर्षीया माही गुप्ता आज बिहान करिब ९ बजे कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनी मोडलिङ क्षेत्रमा सक्रिय रहँदै आएकी र सामाजिक सञ्जालमार्फत पनि परिचित रहेको बताइएको छ।

प्रारम्भिक जानकारीअनुसार उनी आफ्ना श्रीमानसँग वैवाहिक सम्बन्धमा तनावमा रहेको बताइएको छ। करिब सात वर्षअघि प्रेम विवाह गरेका उनीहरूबीच पछिल्लो समय सम्बन्ध बिग्रिँदै गएको र श्रीमानले दोस्रो विवाहको तयारी गरिरहेको कारण मानसिक तनावमा रहेको उनका नजिकका साथीहरूले बताएका छन्।

घटनाबारे थप विवरण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ। परिवार तथा आफन्तसँग समेत सोधपुछ भइरहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय