spot_img

सरकारको नयाँ दर सार्वजनिक गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य वृद्धि

spot_img
spot_img

काठमाडौं,२९ चैत ।  सरकारले चालु आर्थिक वर्षका लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै दुवै बालीको मूल्य बढाएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु ३,९४५ कायम गरिएको छ, जुन गत वर्षको तुलनामा करिब रु ७७ ले बढी हो।

त्यस्तै, चैते धानको मूल्य प्रतिक्विन्टल रु २,८५६.४९ तोकिएको छ, जुन गत वर्षको तुलनामा झन्डै रु ५५ ले वृद्धि भएको हो।

गत वर्ष गहुँको मूल्य रु ३,८६७.३८ प्रतिक्विन्टल र चैते धानको मूल्य रु २,८००.६९ प्रतिक्विन्टल रहेको थियो।

मन्त्रालयका अनुसार चैते धानको मूल्य १८ प्रतिशत चिस्यानका आधारमा निर्धारण गरिएको हो। चिस्यानको मात्रा बढी भएमा तौल अनुसार कटौती गरी भुक्तानी दिने व्यवस्था गरिएको छ।

सरकारले किसानलाई उत्पादनमा प्रोत्साहन गर्न र बजारमा उचित मूल्य सुनिश्चित गर्न प्रत्येक वर्ष बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय