वीरगन्जमा १४ केजी गाँजासहित नाबालक पक्राउ

spot_img

वीरगन्ज,०१ वैशाख । पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१६ नगवाबाट गाँजा जस्तो देखिने पदार्थसहित एक नाबालकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले फूलबारी टोलस्थित एक घरमा खानतलासी गर्दा प्लास्टिक बोराभित्र साना–साना पोका बनाई लुकाइछिपाइ राखिएको अवस्थामा उक्त पदार्थ बरामद गरेको हो।

प्रहरीले करिब १४ केजी २७६ ग्राम गाँजा जस्तो पदार्थ फेला पारेको जनाएको छ। सो पदार्थको बिक्री–वितरणमा संलग्न रहेको आरोपमा एक जना नाबालकलाई नियन्त्रणमा लिइएको हो। प्रहरी प्रवक्ता हरि बहादुर बस्नेत का अनुसार पक्राउ परेका बालकमाथि लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय