आजदेखि त्रिभुवन विमानस्थल दैनिक ६ घण्टा ४५ मिनेट बन्द हुने

spot_img

काठमाडौं,०७ वैशाख । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सीमित समयका लागि सञ्चालन हुने भएको छ। विमानस्थलको स्तरोन्नति र धावनमार्ग सुधार कार्यलाई तीव्रता दिन दैनिक उडान समय घटाइएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण ले वैशाख ७ देखि जेठ ४ गतेसम्म लागू हुने गरी नयाँ तालिका सार्वजनिक गरेको छ। अब विमानस्थल राति ११:४५ बजेदेखि बिहान ६:३० बजेसम्म बन्द रहनेछ, अर्थात् दैनिक ६ घण्टा ४५ मिनेट उडान–अवतरण रोकिनेछ। यसअघि भने राति १ बजेदेखि बिहान ६ बजेसम्म मात्र बन्द हुने व्यवस्था थियो।

प्राधिकरणका अनुसार विमानस्थलको दक्षिणतर्फ रहेको ट्याक्सीवे र ह्यांगर क्षेत्रमा महत्वपूर्ण निर्माण कार्य गर्नुपर्ने भएकाले समय थप गरिएको हो। करिब २७ दिनसम्म लागू हुने यो व्यवस्थाले विशेष गरी रात्रिकालीन उडानमा असर पार्नेछ।

यद्यपि, दीर्घकालीन रूपमा रनवेको गुणस्तर सुधार र उडान सुरक्षालाई मजबुत बनाउन यस्तो निर्णय आवश्यक भएको प्राधिकरणको भनाइ छ।

यस परिवर्तनसँगै विभिन्न एयरलाइन्सहरूले आफ्नो उडान तालिका परिमार्जन गरिसकेका छन्। यात्रुहरूलाई भने आफ्नो उडान समय अग्रिम रूपमा जाँच गर्न र आवश्यक जानकारी लिन आग्रह गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय