कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट

spot_img

काठमाडौं,०७ वैशाख । कालिन्चोक हाइड्रोपावर को प्राथमिक सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ ले औपचारिक कार्यक्रममार्फत सेयर वितरण गरेको हो।

बाँडफाँट अनुसार ६८ हजार ४७५ जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। कम्पनीले चैत २२ देखि २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

आईपीओमा कुल २७ लाख ८४ हजार ५१९ जनाले आवेदन दिएका थिए, जसमध्ये २६ लाख ३५ हजार ६३४ आवेदन स्वीकृत भएको जनाइएको छ। उच्च आवेदनका कारण अधिकांश आवेदक सेयरबाट वञ्चित भएका छन्।

कम्पनीले दोलखा जिल्लामा बग्ने साँगुखोलामा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरेको छ। आयोजनाको कुल लागत करिब १ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ रहेको बताइएको छ।

परियोजनाको साधारण लगानी फिर्ता अवधि ९.१९ वर्ष तथा डिस्काउन्ट अवधिमा १५.३६ वर्ष रहने कम्पनीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय