वीरगन्जकाे गण्डक नहर अतिक्रमण हटाउन डोजर अभियान सुरु

spot_img

वीरगन्ज,१३ वैशाख । वीरगन्जकाे गण्डक नहर क्षेत्रमा गरिएको अतिक्रमण हटाउन प्रशासनले डोजर अभियान सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आजदेखि नहर किनारामा बनाइएका संरचनाहरू हटाउने काम औपचारिक रूपमा अघि बढाइएको हो।

गण्डक चोकदेखि जानकी टोला (इनर्वा)सम्म फैलिएको करिब २६ किलोमिटर क्षेत्रमा घर, टहरा तथा विभिन्न अस्थायी संरचनाहरू निर्माण गरेर अतिक्रमण गरिएको पाइएपछि प्रशासन सक्रिय भएको हो। प्रमुख जिल्ला अधिकारी भोला दाहालको निर्देशनमा सञ्चालन गरिएको अभियानमा सुरक्षा निकायको समेत सक्रिय सहभागिता रहेको छ।

अभियानका क्रममा साना गुम्टी तथा अस्थायी संरचनाहरूलाई पूर्ण रूपमा भत्काउनु अघि सुरक्षित स्थानमा सार्ने कामसमेत भइरहेको छ। केही स्थानमा स्थानीयसँग समन्वय गर्दै संरचना हटाउने कार्य भइरहेको प्रशासनले जनाएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण, नहर क्षेत्रको सुरक्षा तथा सहरी व्यवस्थापनलाई ध्यानमा राख्दै यो अभियान सञ्चालन गरिएको हो। प्रशासनले नहर क्षेत्रलाई सफा, सुरक्षित र व्यवस्थित बनाउने लक्ष्यसहित अतिक्रमण हटाउने कार्यलाई निरन्तरता दिने जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय