नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ

spot_img

काठमाडौं,१६ वैशाख । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी का अध्यक्ष आशिष श्रेष्ठ लाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले उनलाई काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रबाट नियन्त्रणमा लिएको हो। बिमासम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नेपाल बिमा प्राधिकरण ले कम्पनीको संलग्नतामा बिमासम्बन्धी ऐनको दफा १४० अन्तर्गत उल्लंघन भएको उल्लेख गरेपछि अनुसन्धान अघि बढाइएको हो।

प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार सोही आधारमा थप अनुसन्धानका लागि अध्यक्ष श्रेष्ठलाई पक्राउ गरिएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय