अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कलाकर्मीहरूको माइतीघरमा प्रदर्शन

spot_img

काठमाडौँ,१६ वैशाख । कला, चलचित्र र साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न माग गर्दै कलाकर्मीहरूले राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

बुधबार भएको कार्यक्रममा विभिन्न क्षेत्रका कलाकारहरूको सहभागिता रहेको थियो। उनीहरूले कला र अभिव्यक्तिमाथि बढ्दो हस्तक्षेपको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

प्रदर्शनका क्रममा सहभागीहरूले १५ मिनेटसम्म कालो पट्टी बाँधेर मौन रूपमा विरोध जनाएका थिए। उनीहरूले सिर्जनात्मक स्वतन्त्रता हनन हुन नहुने र कलाकारलाई निर्बाध रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने माग राखेका थिए।

कलाकारहरूले अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक मूल्यको आधार भएकाले यसमा कुनै प्रकारको नियन्त्रण स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय