spot_img

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

spot_img
spot_img

काठमाडौं,०७ जेठ । प्रतिनिधिसभा बैठक विपक्षी दलहरूको अवरोधपछि १५ मिनेटका लागि स्थगित भएको छ। बिहीबारको बैठकमा प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाउँदै सदन अवरुद्ध गरेका थिए। उनीहरूले प्रधानमन्त्रीको उपस्थिति अनिवार्य रहेको भन्दै नाराबाजी र अवरोध गरेपछि बैठक प्रभावित बनेको हो।

सभामुख डोलप्रसाद अर्यालले स्थिति नियन्त्रणमा ल्याउने प्रयास गरे पनि विपक्षीको अवरोध जारी रहेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको जानकारी दिए। बैठक आजै पुनः बस्ने बताइएको छ।

बैठकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३’ माथि छलफल गर्ने कार्यसूची रहेको थियो। प्रधानमन्त्रीको अनुपस्थितिमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई प्रस्ताव प्रस्तुत गर्न समय दिइएको थियो।

तर विपक्षी दलहरूले प्रधानमन्त्रीको नियमित अनुपस्थितिलाई लिएर प्रश्न उठाउँदै सदनमा असन्तोष व्यक्त गरेका थिए। त्यसपछि सत्तापक्ष र विपक्षबीच चर्को बहस भएको थियो, जसले बैठकलाई अवरुद्ध बनाएको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय