spot_img

नेप्से १२ अंकले घट्यो

spot_img
spot_img

काठमाडौं,०७ जेठ । अघिल्लो दिन ३० अंक बढेको सेयर बजार बिहीबार १२.३६ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २७४२ अंकमा कायम भएको छ । बजार घट्दा कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोडको भयो । आज बजार दिनभरजसो रातो अंकमा रह्यो ।

७२ कम्पनीको मूल्य बढ्यो भने १८८ को घट्यो । ९ कम्पनीको मूल्य स्थिर रह्यो । सबैजसो समूहका सूचक घटेका छन् । यद्यपि सबै समूहका सूचकको गिरावट दर १ प्रतिशतभन्दा कम रह्यो ।

बैंकिङ ०.५७, विकास बैंक ०.३१, फाइनान्स ०.२१, होटल तथा पर्यटन ०.८६, हाइड्रोपावर ०.६८, लगानी ०.३३, जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन ०.३६, माइक्रोफाइनान्स ०.५०, निर्जीवन बीमा ०.४२ तथा अन्य ०.३१ प्रतिशत घटे । व्यापार समूह स्थिर रह्यो ।

बुंगल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ६.१८ प्रतिशत बढ्यो । मूल्य धेरै बढ्नेमा आज बैंक तथा वित्तीय संस्थाका डिबेन्चर अगाडि रहे । अपर लोहोरेखोलाको मूल्य १४.९५ प्रतिशत घट्यो । त्यस्तै झापा इनर्जीको ८.१२, माउन्टेन हाइड्रो नेपालको ७.४० तथा सिटी होटलको मूल्य ३.८० प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा आँखुखोला जलविद्युत्, रिडी पावर, बुंगल हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र फर्स्ट माइक्रोफाइनान्स छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय