spot_img

भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा रवि लामिछाने भारत भ्रमणमा जाने

spot_img
spot_img

काठमाडौँ,१० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी जुन १ मा भारत भ्रमणमा जाने भएका छन्। भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी दुईदिने औपचारिक भ्रमणका लागि भारत जान लागेका हुन्।

स्रोतका अनुसार भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर तथा विदेश सचिव विक्रम मिश्री लगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनले भारत सरकारका अन्य मन्त्रीहरूसँग पनि छलफल गर्ने तयारी गरिएको बताइएको छ।

भ्रमणका क्रममा लामिछानेले भारतीय जनता पार्टी (भाजपा) को मुख्यालय अवलोकन गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ।

यसअघि भारतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लाई पनि सत्तारुढ दलका नेताका रूपमा भ्रमण निमन्त्रणा दिएको थियो।

परराष्ट्रमन्त्री शिशिर खनाल को भारत भ्रमण स्थगित भएको केही दिनपछि हुन लागेको लामिछानेको भ्रमणलाई राजनीतिक तथा कूटनीतिक रूपमा चासोका साथ हेरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय