spot_img

क्षयरोगी खोजी अभियान अन्तर्गत सिर्सियामा स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

बीरगन्ज,१४ जेठ । बीरगन्ज महानगरपालिकाले सञ्चालन गरिरहेको “क्षयरोगमुक्त बीरगन्ज अभियान” अन्तर्गत वडा नं. २५ स्थित सिर्सिया स्वास्थ्य चौकीमा क्षयरोगी खोजी तथा परीक्षण शिविर सम्पन्न गरिएको छ।

समुदायस्तरमै पुगेर क्षयरोगको पहिचान र नियन्त्रण गर्ने उद्देश्यले आयोजित शिविरमा एआई प्रविधियुक्त डिजिटल एक्सरेमार्फत करिब २०० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ५० जना व्यक्तिमा क्षयरोगको सम्भावित लक्षण देखिएपछि थप पुष्टि गर्न उनीहरूको खकार परीक्षणका लागि पठाइएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

बीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख राजु साहका अनुसार महानगरले “क्षयरोगमुक्त बीरगन्जअभियान” अन्तर्गत विभिन्न वडामा पुगेर नियमित रूपमा परीक्षण, परामर्श तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

उनले प्रारम्भिक चरणमै रोग पहिचान गरी समयमै उपचार प्रक्रिया अघि बढाउन सके क्षयरोग नियन्त्रणमा महत्वपूर्ण सफलता हासिल गर्न सकिने विश्वास व्यक्त गरे।

स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको शिविरमा स्वास्थ्यकर्मीहरूले क्षयरोगका लक्षण, बच्ने उपाय र उपचारसम्बन्धी जानकारीसमेत दिएका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय