spot_img

रास्वपाको केन्द्रीय समितिमा बाराका दुई सांसद निर्वाचित

spot_img
spot_img

बारा,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय समिति निर्वाचनमा बाराबाट प्रतिनिधित्व गर्ने दुई सांसद केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

बारा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य अरविन्द साह मधेशी क्लस्टरतर्फ निर्वाचित भएका हुन्। उनले प्रतिनिधिबाट ८६४ र प्रवासतर्फ ६ मत गरी कुल ८७० मत प्राप्त गरेका छन्।

त्यस्तै, बारा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य रहबर अन्सारी मुस्लिम क्लस्टरतर्फ १,०४५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले प्रतिनिधिबाट १,०२३ तथा प्रवासतर्फ २२ मत पाएका हुन्।

यसैगरी, मधेशी क्लस्टरतर्फ बब्लु गुप्ता (१,४४५ मत), जुली यादव (१,१९५ मत), कामिनी कुमारी चौधरी (१,११४ मत) र दिपक कुमार साह (८९३ मत) पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

रास्वपाको प्रथम महाधिवेशनमार्फत निर्वाचित नयाँ केन्द्रीय समितिमा बाराबाट दुई सांसदको उपस्थितिले जिल्लाको प्रतिनिधित्व थप सशक्त बनेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय