काठमाडौं,१५ असार । राष्ट्रियसभाको सोमबार बसेको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३(क) को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८३’ पेश गरेका थिए।
विधेयक पेश भएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरेका हुन्। स्थगनपछि निर्धारित कार्यसूचीअनुसार बैठक पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ।




