spot_img

प्रतिनिधि सभा बैठक असार १ गतेसम्म स्थगित

spot_img
spot_img

काठमाडाै,२९ जेठ । प्रतिनिधि सभाको बैठक आगामी असार १ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले शुक्रबारको बैठकको कार्यसूची सम्पन्न भएपछि अर्को बैठक असार १ गते बस्ने जानकारी दिएका हुन्।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले प्रस्तुत गरेको “विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रतिनिधि सभाले स्वीकृत गरेको छ। यससँगै आगामी आर्थिक वर्षको बजेटमाथिको विस्तृत छलफलको प्रक्रिया अघि बढेको छ।

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ले राष्ट्रिय सभाबाट उत्पत्ति भएको “अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३” माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए, जसलाई पनि बैठकले अनुमोदन गरेको छ।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा युवा, श्रम तथा रोजगार मन्त्रालयको समेत कार्यभार सम्हालिरहेकी गौरी कुमारी ले अन्तर्राष्ट्रिय श्रम संगठनका दुई महत्वपूर्ण श्रमसम्बन्धी महासन्धि तथा प्रोटोकल संसद्मा प्रस्तुत गरेकी छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय