spot_img

मन्त्रिपरिषद्का तीन मुख्य निर्णय सार्वजनिक

spot_img
spot_img

काठमाडौं,२९ जेठ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका तीन मुख्य निर्णय सार्वजनिक गरिएको छ।

बैठकले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह को नेतृत्वमा रहेको उक्त कार्यदलको म्याद असार मसान्तसम्म एक महिना थप गरिएको हो।

त्यसैगरी सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग)को प्रतिवेदन कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ।

यसैगरी लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेशकुमार धिताललाई मनोनयन गर्ने निर्णय गरिएको छ। सरकारले यी निर्णयमार्फत नीति निर्माण, सार्वजनिक सम्पत्ति संरक्षण र प्रशासनिक संरचना सुदृढीकरणतर्फ अघि बढ्ने संकेत गरेको छ।

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय