spot_img

राजमार्गमा शौचालय बनाउन सांसद तामाङको माग

spot_img
spot_img

काठमाडौं,२९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ ले पृथ्वी राजमार्गमा यात्रा गर्ने क्रममा सार्वजनिक शौचालयको अभावका कारण यात्रुहरू असहज अवस्थामा परेको बताएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजमार्गमा यात्रा गर्दा शौच गर्न गाडीबाट ओर्लिएर झाडीमा जानुपर्ने बाध्यता रहेको उल्लेख गरिन्। यस्तो अवस्था सार्वजनिक शौचालयको अभावकै कारण सिर्जना भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन्।

सांसद तामाङले यात्रुहरूको सहजता र आधारभूत आवश्यकतालाई ध्यानमा राख्दै राजमार्गका विभिन्न स्थानमा पर्याप्त सार्वजनिक शौचालय निर्माण गर्नुपर्नेमा जोड दिइन्। उनले प्रत्येक सय मिटरको दूरीमा सार्वजनिक शौचालय निर्माण गर्ने व्यवस्था गर्न सरकारसँग मागसमेत गरेकी छन्।

उनको भनाइमा, सुरक्षित र मर्यादित यात्राका लागि आधारभूत पूर्वाधारको व्यवस्था अपरिहार्य रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय