spot_img

मधेश प्रदेशसभाअघि टायर बालेर प्रदर्शन

spot_img
spot_img

जनकपुर,२९ जेठ । सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला पुल निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा रकम विनियोजन नगरिएको भन्दै स्थानीयवासीले मधेश प्रदेशसभा अगाडि विरोध प्रदर्शन गरेका छन्।

आन्दोलनकारीहरूले प्रदेशसभा परिसर नजिक टायर बालेर सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूको आरोप अनुसार मधेश प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा बहुप्रतीक्षित कमला पुल निर्माण योजनालाई समेटिएको छैन, जसले स्थानीय बासिन्दामा असन्तुष्टि बढाएको छ।

हुलाकी राजमार्ग अन्तर्गत पर्ने उक्त पुल सिरहा र धनुषा जिल्लाबीचको महत्वपूर्ण यातायात संरचना मानिन्छ। पुल निर्माणमा बजेट नपरेपछि स्थानीयहरू आन्दोलित बनेका हुन्।

प्रदर्शनका क्रममा “झुटा आश्वासन चाहिँदैन”, “मनोमानी चल्दैन” र “नयाँ कमला पुल निर्माण गर” जस्ता नारा लगाइएको थियो। साथै आन्दोलनकारीहरूले प्रदेशका मुख्यमन्त्री, अर्थमन्त्री तथा भौतिक पूर्वाधार मन्त्रीप्रति पनि असन्तुष्टि व्यक्त गरेका थिए।

यसअघि पनि संघर्ष समितिले संघीय सरकारको बजेटमा समेत कमला पुल निर्माणका लागि आवश्यक रकम नछुट्याइएको भन्दै प्रदेशसभा अगाडि विरोध प्रदर्शन गरेको थियो। स्थानीयवासीहरूले पुल निर्माणलाई प्राथमिकतामा राखी तत्काल बजेट व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय