spot_img

किसानका समस्या समाधान र कृषि विकासमा सरकार गम्भीर बन्नुपर्छ : प्रचण्ड

spot_img
spot_img

ललितपुर,१५ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकास र किसानले भोगिरहेका समस्याको समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै संयोजक दाहालले कृषि नेपाली अर्थतन्त्रको प्रमुख आधार भएको उल्लेख गर्दै श्रमजीवी किसानको मेहनत, पसिना र समर्पणले नै देशको खाद्य सुरक्षा र आर्थिक समृद्धिको जग बलियो बनाएको धारणा राख्नुभयो।

उहाँले रोपाइँको मुख्य समयमा किसानले रासायनिक मल, गुणस्तरीय बीउबिजन, सिँचाइ सुविधा तथा अन्य आवश्यक कृषि सामग्री सहज रूपमा प्राप्त गर्ने वातावरण सरकारले सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।

संयोजक दाहालले कृषि उत्पादन वृद्धि, किसानको आय र जीवनस्तर सुधार तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि किसानमैत्री नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारको विशेष ध्यान आवश्यक रहेको बताउनुभयो।

राष्ट्रिय धान दिवसको अवसरमा उहाँले सम्पूर्ण किसान तथा नेपालीमा शुभकामना व्यक्त गर्दै कृषि क्षेत्रको आधुनिकीकरण र उत्पादन वृद्धि नै देशको समृद्धिको आधार बन्ने विश्वास व्यक्त गर्नुभयो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय