spot_img

विभिन्न विपद्का घटनामा परी एकैदिन ५ जनाको मृत्यु, ७ जना घाइते

spot_img
spot_img

काठमाडौं,२९ जेठ । पछिल्लो २४ घण्टामा देशभर ३२ वटा विपद्का घटना दर्ता भएका छन् । ती घटनामा परी पाँच जनाको मृत्यु, एक जना बेपत्ता र ७ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दैनिक बुलेटिनअनुसार सबैभन्दा बढी १२ वटा आगलागीका घटना भएका छन् । यस्तै सात वटा सर्पदंश, पाँच वटा चट्याङ, दुई-दुई वटा पहिरो र नदीजन्य विपद्का घटना तथा एक–एक वटा लेक आउटबर्स्ट, चट्याङ, बाढी र जंगल तथा वन्यजन्तुसम्बन्धी घटना भएका छन् ।

विपद्का घटनाबाट २२ जिल्ला प्रभावित भएका छन् । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सर्पदंशबाट २ जना, आगलागीमा परेर, लेक लागेर एक जना केबलकार दुर्घटनामा परेर एक जना गरी ५ जनाको मृत्यु भएको छ ।

विपद्का घटनाबाट करिब १८ लाख ८ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । मनसुन नजिकिँदै जाँदा आगलागी, सर्पदंश, चट्याङ र पहिरोका घटनामा सतर्कता अपनाउन प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय