spot_img

काभ्रेको बुचाकोटमा बस दुर्घटना ७ जनाको मृत्यु

spot_img
spot_img

काठमाडाै,२९ जेठ । काभ्रेमा भएको बस दुर्घटनामा ७ जनाको ज्यान गएको छ भने दर्जनौँ यात्रु घाइते भएको आशंका गरिएको छ। बनेपाबाट रोशी गाउँपालिका–६ खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस काभ्रे जिल्ला अन्तर्गत पर्ने नमोबुद्ध नगरपालिका–२ बुचाकोट मा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बस सडकबाट करिब २ सय मिटर तल खसेको छ। दुर्घटनामा परेका ७ जनाको मृत्यु भएको डीएसपी रविन विष्टले जानकारी दिएका छन्।

दुर्घटनाग्रस्त बस अरनिको यातायात अन्तर्गत सञ्चालनमा रहेको बताइएको छ। बसमा करिब २५ देखि ३० जनासम्म यात्रु सवार रहेको प्रारम्भिक अनुमान छ।

दुर्घटना बी.पी. राजमार्ग क्षेत्र नजिकै भएको हो, जसबाट बस करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रहरी, स्थानीयवासी तथा उद्धार टोलीले घटनास्थलमा उद्धार कार्य जारी राखेका छन्। घाइतेहरूको अवस्था र विस्तृत विवरण आउन बाँकी छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय