spot_img

सेवा–सुविधा कटौतीको विरोधमा वीर अस्पतालका करार कर्मचारी आन्दोलनमा

spot_img
spot_img

काठमाडौँ,२९ जेठ । काठमाडौँस्थित वीर अस्पताल मा कार्यरत करार कर्मचारीहरू सेवा–सुविधाबाट वञ्चित गरिएको भन्दै आन्दोलनमा उत्रिएका छन्। शुक्रबारदेखि सुरु भएको आन्दोलनका क्रममा उनीहरूले आफूहरू श्रम शोषणको सिकार भएको गुनासो गरेका छन्।

कर्मचारीहरूको भनाइ अनुसार विगतमा पाउँदै आएको विभिन्न सेवा–सुविधा हाल रोकिएको छ। जोखिम भत्ता समेत नपाएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

करार कर्मचारी पृन्स पट्टेलले आफूहरूले अस्पताल निर्देशकको कार्यकक्षमा धर्ना दिएको जानकारी दिँदै माग पूरा नभए भोलिदेखि पेनडाउन गर्ने चेतावनी दिएका छन्। उनीहरूले समान सेवा–सुविधा र उचित व्यवहारको माग गरेका छन्।

कर्मचारीहरूको आन्दोलनका कारण अस्पतालको सेवा प्रवाह प्रभावित हुन सक्ने आशंका समेत गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय