spot_img

सुशासन, सेवा प्रवाह र विकास नै जनताको प्रमुख चाहना : राष्ट्रपति पौडेल

spot_img
spot_img

काठमाडौं,०१ असार । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि संघर्ष र बलिदान गरेका नेपाली जनताको मुख्य अपेक्षा सुशासन, प्रभावकारी सेवा प्रवाह, तीव्र आर्थिक विकास, शान्ति र समृद्धि भएको बताएका छन्।

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राज्य संयन्त्रलाई आधुनिक, जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औंल्याए।

उनले नागरिकले छिटो, सरल र पारदर्शी सेवा पाउन सक्ने प्रणाली विकास गर्नु आजको मुख्य दायित्व भएको उल्लेख गर्दै प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई स्मार्ट र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। यसले लोकतन्त्रप्रति नागरिकको विश्वास अझ मजबुत हुने उनको भनाइ थियो।

राष्ट्रपतिले कर्मचारीतन्त्र स्वउत्प्रेरित, अनुशासित, नैतिक र राष्ट्रप्रति समर्पित भए मात्र राज्यका लक्ष्यहरू प्रभावकारी रूपमा हासिल गर्न सकिने स्पष्ट पारे। उनले योग्यता प्रणालीमा आधारित भर्ती प्रणालीको संरक्षण र सुदृढीकरण अपरिहार्य रहेको उल्लेख गर्दै समावेशी लोकतन्त्रको मर्मअनुसार लोकसेवा आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने बताए।

कार्यक्रममा उनले लोकसेवा आयोगले साढे सात दशकभन्दा लामो समयदेखि निष्पक्षता, योग्यता र स्वच्छताको आधारमा कर्मचारी छनोट गर्दै आएको भन्दै यसको योगदान प्रशंसनीय रहेको बताए।

राष्ट्रपति पौडेलले आयोगलाई भविष्यमा प्रविधि, वैज्ञानिक परीक्षण विधि र आधुनिक प्रणाली अपनाउँदै कर्मचारी छनोट प्रक्रियालाई अझ पारदर्शी र प्रभावकारी बनाउन सुझाव दिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय