spot_img

आरोप प्रमाणित नभए अर्थमन्त्री कठघरामा उभिन तयार हुनुपर्छ : पद्मा अर्याल

spot_img
spot_img

काठमाडौं,०१ असार । नेकपा (एमाले) की सांसद पद्मा अर्याल ले सरकारले विपक्षी दल र तिनका नेताहरूमाथि “फाइल खोल्छु” भन्दै धम्की दिने प्रवृत्ति देखाएको आरोप लगाएकी छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले बजेट छलफलका क्रममा देखिएको राजनीतिक अभिव्यक्ति र चेतावनीमूलक शैलीप्रति आपत्ति जनाइन्।

उनले अर्थमन्त्री स्वर्णिम वाग्ले ले विपक्षी नेतासँग सम्बन्धित फाइल खोल्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसको छानबिन निष्पक्ष र तत्काल हुनुपर्ने माग गरिन्।

अर्यालले भनिन्, “फाइल खोल्ने धम्की मात्र होइन, ती फाइलहरू तुरुन्तै खोलिनुपर्छ। टि-स्टेट प्रकरणदेखि ओम्नी, वाइडबडीसम्मका सबै विषयको छानबिन होस्।”

उनका अनुसार यदि आरोपहरू छानबिनपछि प्रमाणित नभए अर्थमन्त्रीले जिम्मेवारी स्वीकार गर्दै कठघरामा उभिन तयार हुनुपर्छ।

त्यस्तै उनले विपक्षी नेतामाथि लक्षित गरेर हुने राजनीतिक धम्की र दबाबको प्रवृत्ति लोकतान्त्रिक अभ्यासअनुकूल नभएको पनि बताइन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय