spot_img

युवा संघले माग्यो प्रधानमन्त्री बालेनको राजीनामा

spot_img
spot_img

काठमाडौं,०१ असार । नेकपा (एमाले) निकट युवा संघ नेपालले प्रधानमन्त्री बालेन शाह को राजीनामा माग गरेको छ।

युवा संघको केन्द्रीय कमिटी बैठकपछि अध्यक्ष महराज गुरुङ ले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री शाहले सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाइएको छ।

विज्ञप्तिमा नेपालले पनि भारतका विभिन्न स्थानमा सीमा मिचेको जस्तो अर्थ लाग्ने अभिव्यक्ति दिएको भन्दै त्यसले देशको भौगोलिक अखण्डतामाथि प्रश्न उठाएको आरोप लगाइएको छ। सोही कारण आत्मालोचना, जनतासँग माफी र राजीनामासमेत माग गरिएको छ।

युवा संघले सुकुम्बासी बस्ती व्यवस्थापनका क्रममा डोजर चलाइएका घटनाप्रति पनि असन्तुष्टि जनाउँदै सरकारको नीति र कार्यशैलीप्रति प्रश्न उठाएको छ।

बैठकले वर्तमान सरकार संसद्प्रति उत्तरदायी नभएको निष्कर्ष निकाल्दै राजनीतिक तथा प्रशासनिक जिम्मेवारीप्रति गम्भीर हुनुपर्ने धारणा राखेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय