spot_img

‘रातो किताब’ नआएको भन्दै नेकपाको कडा आपत्ति

spot_img
spot_img

काठमाडाैं,०१ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारले विनियोजन विधेयक प्रस्तुत गरेपछि पनि मन्त्रालयगत विस्तृत बजेट विवरण (रातो किताब) उपलब्ध नगराएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।

प्रतिनिधिसभामा बोल्दै उनले अर्थमन्त्रीले विनियोजन विधेयक पेश गरेपछि सबै मन्त्रालयका कार्यक्रम तथा बजेट विवरण तत्काल डिजिटल माध्यममार्फत सार्वजनिक हुनुपर्ने भए पनि त्यसो नभएको आरोप लगाए।

दुलालले बजेट प्रक्रियामा पारदर्शिता र सुशासनको अपेक्षा गरिएको भए पनि व्यवहारमा ढिलाइ भएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनका अनुसार सांसदहरूलाई आवश्यक मन्त्रालयगत कार्यक्रम पुस्तिका समयमै नदिँदा बजेटमाथिको छलफल प्रभावित भएको छ।

उनले भने, “विस्तृत अध्ययन बिना संशोधन प्रस्ताव राख्नुपर्ने अवस्था आएको छ। केही मन्त्रालयका कार्यक्रम पुस्तिका अझै उपलब्ध छैन, जसका कारण खर्च कटौती प्रस्ताव दर्ता गर्न समेत बाध्यता भएको छ।”

उनले बजेट पेश भइसकेपछि पनि मन्त्रालयहरूमा रकम थपघट भइरहेको भन्ने चर्चाप्रति पनि चासो व्यक्त गर्दै यदि यस्तो भइरहेको हो भने बजेट प्रक्रियाको विश्वसनीयतामाथि प्रश्न उठ्ने चेतावनी दिए।

दुलालले बजेट प्रणालीलाई पारदर्शी, समयमै र स्पष्ट बनाउन सरकारलाई आग्रह गर्दै सुशासनको अभ्यास व्यवहारमै देखिनुपर्ने बताएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय