spot_img

दुई दिनमै ४१ जना लागूऔषधसम्बन्धी घटनामा पक्राउ

spot_img
spot_img

झापा,०१ असार । झापामा प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा दुई दिनमै ४१ जना लागूऔषधसम्बन्धी घटनामा संलग्न व्यक्तिहरू पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा तथा मातहत कार्यालयहरूको संयुक्त टोलीले शनिबार र आइतबार विभिन्न स्थानमा सञ्चालन गरेको अपरेसनमा ३५ जना लागूऔषध सेवनकर्ता र ६ जना कारोबारीलाई नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता विजय चौहान का अनुसार पक्राउ परेकाबाट २० ग्राम २० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ।

प्रहरीले लागूऔषध सेवनकर्तालाई आवश्यक परामर्श सेवा दिई अभिभावकको जिम्मा लगाउने तथा पुनर्स्थापना केन्द्रमा पठाउने तयारी गरेको छ।

प्रहरी अनुसन्धानमा लागूऔषध प्रयोगकर्ताबाट मोबाइल, घडी, गरगहना र अन्य सामान बन्धक राखेर कारोबार गर्ने नयाँ शैली पनि फेला परेको छ। कम रकमको लागूऔषध लिनका लागि समेत महँगो मोबाइल र सामान धरौटी राख्ने गरिएको तथ्य खुलेको प्रहरीले जनाएको छ।

यसै क्रममा शिवसताक्षी नगरपालिका–७ का सुरज ढकाल र सन्दीपहाङ लिङ्देन पक्राउ परेका छन्। उनीहरूको साथबाट १२ ग्रामभन्दा बढी ब्राउन सुगर, एक लाख रुपैयाँभन्दा बढी नगद, २१ थान मोबाइल फोन र दुई वटा घडी बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद मोबाइलमध्ये दुई वटा आइफोनसमेत रहेका छन्। प्रारम्भिक अनुसन्धानले ५ सयदेखि ५ हजार रुपैयाँ बराबरको लागूऔषध लिन प्रयोगकर्ताले आफ्ना मोबाइल र अन्य सामान बन्धक राख्ने गरेको देखाएको छ।

झापामा पछिल्लो समय लागूऔषध कारोबार र प्रयोग बढ्दै गएपछि नियन्त्रणका लागि निगरानी र विशेष अपरेसनलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय