spot_img

सर्वोच्चको निर्णयपछि चेतन हत्याका सात अभियुक्तको सजाय घट्यो

spot_img
spot_img

काठमाडौं,०१ जेठ । नेपालगञ्ज को चर्चित चेतन मानन्धर हत्या प्रकरणमा सर्वोच्च अदालतले सात जनालाई सुनाइएको जन्मकैदको सजाय उल्ट्याउँदै पाँच–पाँच वर्ष मात्र कैद हुने फैसला गरेको छ।

न्यायाधीशहरू हरि फुयाल र मेघराज पोखरेलको इजलासले समूहगत अपराधमा सबैलाई एकै किसिमको सजाय दिनु अनुपयुक्त हुने ठहर गर्दै उनीहरूको भूमिका र अपराधको गम्भीरताका आधारमा सजाय घटाएको हो।

फैसलाअनुसार घटनामा संलग्न भनिएका आठमध्ये सात जनाको जन्मकैद सजाय घटाएर पाँच वर्षमा सीमित गरिएको छ भने प्रमुख अभियुक्त रिगल ढकाल माथिको कसुर भने यथावत रहेको छ।

२०७२ असार २७ गते नेपालगञ्जमा फिरौती र चन्दा असुली गर्ने समूहबीचको विवाद हिंसात्मक झडपमा परिणत हुँदा चेतन मानन्धरको हत्या भएको थियो। सो घटनापछि विभिन्न तहका अदालतले फरक–फरक सजाय सुनाएका थिए।

जिल्ला अदालत बाँकेले केही अभियुक्तलाई जन्मकैद तथा अन्यलाई ३ देखि १० वर्षसम्म कैद सजाय सुनाएको थियो भने उच्च अदालत तुलसीपुरले केहीको सजाय परिवर्तन गर्दै जन्मकैद कायम गरेको थियो।

तर सर्वोच्च अदालतले पुनरावलोकन गर्दै सबैलाई एकै किसिमको जन्मकैद दिनु न्यायसंगत नहुने निष्कर्ष निकाल्दै सजाय घटाएको हो। यसअघि सोही मुद्दामा राष्ट्रपतिको सिफारिसमा भएको कैद मिनाहा विवादमा सर्वोच्चले हस्तक्षेप गर्दै पीडितको सहमति बिना कैद छुट नदिनुपर्ने व्याख्या समेत गरेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय