Date
मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025
Date
मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025

जीतपुरसिमरा उपमहानगरमा नदीजन्य ठेक्का...

बीरगन्ज,१६ वैशाख । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा चालु आर्थिक वर्षमा नदीजन्य पदार्थको ठेक्का बन्दोबस्त...

शिक्षा ऐन ल्याउन नसक्ने...

काठमाडौँ,१६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक सांसद ज्ञानबहादुर शाहीले शिक्षा ऐनसमेत...

विद्युत् प्राधिकरणले प्राविधिक कारण...

काठमाडौँ,१६ वैशाख । नेपाल विद्युत् प्राधिकरणले मंगलबार सार्वजनिक गर्ने भनिएको श्वेतपत्र प्राविधिक कारण...

मकवानपुरमा रुखले च्याप्दा एक...

मकवानपुर,१६ वैशाख । मकवानपुरको बागमती गाउँपालिका–३ स्थित देउजोरमा रुख काट्ने क्रममा च्यापिएर एक...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
33.6 C
Birgunj
spot_imgspot_imgspot_img

काण्डैकाण्डमा मुछिएको कम्युनिष्ट सरकारले जनतालाई ठगे : नेता पौडेल

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारी कम्युनिष्टहरुको सरकारको आयुु लामो नरहेकाले अब बढी नटिक्ने टिप्पणी गरेका छन् ।
रौतहटको राजपुर फरहदवास्थित शनिवार आयोजित बृहत आमसभालाई सम्बोधन गर्दै नेता पौडेलले काण्डैकाण्डमा मुछिएका कम्युनिष्टहरुको सरकारले जनतालाई ठग्ने काम मात्र गरिरहेको आरोप लगाए ।

- Advertisement -

कम्युनिष्टहरुले समृद्धी र विकासको झुठा नारा दिएर जनतालाई ठगेको मात्र होइन अहिले सरकारमा लुटतन्त्र मचाइरहेको पनि बताए ।

अरबौं भ्रष्टाचार काण्ड, ३३ किलो सुनकाण्ड, बालुवाटारको जग्गा काण्ड, बाइडबडी काण्ड हुँदाहुँदै अहिले खुलामञ्च टुुँडीखेल बेच्नेमा सरकार लागि रहेको बरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

- Advertisement -

बिपी कोइराला, गणेशमान, गिरिजाबाबु, मनमोहन सिंहजस्ता देशका नेताहरुले भाषण गरेको ठाँउ खुलामञ्चलाई बेच्ने खेलमा सरकार लागिरहेको उनले बताए ।

हत्या हिंसाबाट सतामा आउने कम्युनिष्टहरु संसारबाट हराइरहेका बेला नेपालमा दुइतिहाईको सरकार हुनुु देशको लागि दुर्भाग्य रहेको उनको भनाई रहेको छ ।

देशमा शान्ति सुरक्षा दिन नसकेको सुशासन र विकास दिन नसकेको कम्युनिष्टको सरकारमा अहिले नयाँ शोषकको जन्म भइसकेको नेता पौडेलेले बताए ।

‘प्रधानमन्त्री केपी ओली पानीजहाजको कुरो गर्छन् । तर हामी पानीको मात्र कुरो गर्छौं,’ उनले भने, ‘मेलम्चीको पानी काठमाडौंसम्म पुर्याएमा बागमतीमा पानी बढ्ने र उक्त पानीले तराईमा सिचाईं हुन्छ ।’

कांग्रेसले ल्याएको ठुला–ठुला योजनाको हाल वर्तमान सरकार उद्घाटन गर्न र फोटो खिचाउनमा व्यस्त रहेको उनले आरोप लगाए

२००७ सालमा राणाविरुद्वको आन्दोलनको सुरुआत रौतहटको सदरमुकाम पारी बैरगनियाबाट कांग्रेसकै नेतृत्वमा सुरु भएको इतिहास बताउँदै उनले कांग्रेससँग मधेस अलग हुनै नसक्ने दावी गरे ।

ताजा समाचार

spot_img

थप समाचार