Date
शनि, असार ७, २०८२
Sat, June 21, 2025
Date
शनि, असार ७, २०८२
Sat, June 21, 2025

राजविराज भन्सारबाट ११ महिनामा...

राजविराज,०७ असार । राजविराज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा...

जनावर तर्साउने विद्युतीय धराप...

जनकपुर,०७ असार । जङ्गली जनावरबाट बाली जोगाउन खेतमा जडान गरिने विद्युतीय धराप किसानहरूको...

बजेट वितरणमा बेइमानी नगर्न...

काठमाडौं,०७ असार । नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले बजेट विनियोजनमा गरिएको...

पीस जोन एकेडेमीद्धारा चिसो...

बीरगन्ज,०७ असार । बीरगन्जको बसपार्क क्षेत्रमा शनिवार पीस जोन एकेडेमीका विद्यार्थीहरूले यात्रु र...
spot_imgspot_imgspot_img
22.3 C
Kathmandu
33.6 C
Birgunj
spot_imgspot_imgspot_img

ठोरी ४ घ्याङडाडामा आकर्षक गुम्बा निर्माण हुने

spot_imgspot_img

गापा अध्यक्ष श्रेष्ठद्वारा शिलान्यास

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

ठोरी बैशाख १६  — गाउँपालिका वडा ४ पर्साको ठोरी गाउँपालिका ४ घ्याङडाडामा आकर्षक र नमुना बौद्ध गुम्बाको निर्माण हुने भएको छ।ठोरी गाउँपालिकाले सो गुम्बा निर्माणका लागी बजेट बिनियोजन गरेपछि गुम्बा निर्माण गर्न लागिएको हो।यसअघि नै उक्त ठाउँमा साङ रिङ्क्षेणलिङ बौद्ध गुम्बा र नेपालकै अग्लो बौद्ध झण्डा रहेको छ।

- Advertisement -

घ्याङडाडालाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न गाउँपालिकाले बहुबर्षिय योजनाका रुपमा छनोट गरेको उक्त गुम्बा निर्माणका लागी चालू आर्थिक बर्षमा रु १५ लाख बजेट बिनियोजन गरेको गाउँपालिका कार्यालयले जनाएको छ।

गुम्बाको निर्माणका लागी स्थानीय युवा बुद्धलाल पाख्रीनको अध्यक्षतामा ७ सदस्यीय गुम्बा निर्माण उपभोक्ता समिति गठन गरिएको छ।गुम्बा ठोरी गाउँपालिकामा नै सुन्दर र नमुना बनाइने उपभोक्ता समितिका अध्यक्ष पाख्रीनले जानकारी दिए।उनका अनुसार गुम्बाको लम्बाई ८० फिट र चौडाइ ५० फिटको हुनेछ ।

गाउँपालिकामा नै नमुनाको रुपमा निर्माण हुन लागेको उक्त गुम्बाको आज एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले शिलान्यास गरेका छन् ।

बौद्ध धर्मका धार्मिक लामा गुरुहरुबाट पुजापाठ गरिएपछि गाउँपालिका अध्यक्षले शिलान्यास गरेको उपभोक्ता समितिका अध्यक्ष पाख्रीनले बताए । शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्षको साथमा वडाध्यक्ष बई बहादुर पाख्रीन पनि थिए ।

शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले ठोरीलाई धार्मिक पर्यटनको केन्द्र बनाउनका लागी गुम्बा निर्माण गर्न लागिएको बताए ।

उनले गाउँपालिकाले सबै धर्मको धार्मिक स्थल निर्माणमा उत्तिकै महत्त्व दिएको जिकिर गरे।त्यसैगरी वडाध्यक्ष पाख्रीनले गुम्बा निर्माणपछि यस क्षेत्रमा पर्यटकहरुको चहलपहल बढ्ने धारणा व्यक्त गरे।

कार्यक्रममा गापा अध्यक्ष श्रेष्ठ र ठोरी ४ का वडाध्यक्ष पाख्रीन सहित बोर्ड सदस्य कान्छीमाया पाख्रीन,पत्रकार सन्तोष देउजा, उपभोक्ता समितिका पदाधिकारीहरु,स्थानीय सामाजिक अगुवाहरूको उपस्थिति थियो ।

ताजा समाचार

spot_img

थप समाचार