काठमाडौं — महिला टी–२० लिग क्रिकेटको मिति परिवर्तन भएको छ । एनसीएल स्पोर्ट्स प्रालिले प्रेस विज्ञप्ति जारी गर्दै महिला टी–२० लिग क्रिकेटको प्रतियोगिता यही जेठ २४ देखि ३० गतेसम्म टियु क्रिकेट मैदानमा हुने जानकारी दिएको छ ।
पटक पटक सारिएको प्रतियोगिता यसअघि जेठ ६ देखि १३ गतेसम्म आयोजना गर्ने निर्णय गरेको थियो । विराटनगरमा हुने भनिएको महिला क्रिकेट लिग काठमाडौंमा सारिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कै समन्वयनमा प्रतियोगिता सारेको आयोजकले जानकारी दिएको छ ।
पछिल्लो मिति घोषणा गरेपनि प्रधानमन्त्री कप क्रिकेटसँग मिति जुधेपछि प्रतियोगिता सारिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताका मार्की खेलाडीदेखि टिमले अक्सनबाट खेलाडीसमेत अनुबन्धित गरिसकेका छन् ।