[ndc-today-date]
[ndc-today-date]

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई...

काठमाडौं, ६ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

शिक्षकहरूको रमिता बढी भयो...

काठमाडौँ, ७ वैशाख । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले शिक्षकहरूको सडक...

अब वीरगन्ज डुबानमा नपर्ने...

वीरगन्ज,०६ बैशाख । वीरगन्ज महानगरपालिकाले वर्षायाम नजिकिँदै गर्दा सहरलाई डुबानबाट जोगाउन मुख्य नालाको...

मधेसभर तस्करीको सञ्जाल फैलिँदै

वीरगन्ज,०६ बैशाख । मधेस प्रदेशका आठवटै जिल्लामा तस्करी नियन्त्रणभन्दा बाहिर गएको देखिएको छ।...
spot_imgspot_imgspot_img
21.1 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

एसईईको प्रश्नपत्र आउट गर्ने दुई प्रहरी जेल चलान

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाअगावै प्रश्नपत्र आउट गर्ने दुई जना प्रहरी जवानलाई पुर्पक्षका लगि कारागार चलान गरिएको छ । ६ जनालाई भने धराटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

- Advertisement -

सिरहा जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलाशले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रहरी जवानद्वय व्रह्मदेव यादव र दीपेन्द्र मण्डललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।

इलाका प्रहरी कार्यालय, कल्याणपुर सिरहामा कार्यरत रहेका बेला दुवै जनाले प्रश्न पत्र आउट गराएका थिए ।

- Advertisement -

दुई जनालाई १ लाख ५० हजार र चार जनालाई १ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न पनि जिल्ला अदालत, सिरहाले आदेश दिएको छ ।

उक्त कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका सप्तरीको राजविराज नगरपालिका १० निवासी विष्णुदेव यादव र अरोजकुमार यादवलाई जनही एक लाख ५० हजार रुपैयाँ तथा राजविराज १६ निवासी शिक्षक मनोज यादव, सप्तरीकै हनुमाननगर कंकालनी नगरपालिका १ निवासी १७ वर्षीय राजेश यादव, १७ वर्षीय उमेश यादव र ताराकान्त इसरलाई जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गत चैत १४ गतेको विज्ञान र १५ गतेको सामाजिक विषयको प्रश्नपत्र प्रहरी जवानद्वय यादव र मण्डलमार्फत परीक्षाअगावै सार्वजनिक भएको भन्दै उनीहरुलाई पक्राउ गरेको थियो । यी दुवैले इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको स्थानबाट प्रश्न पत्र निकालेर फोटो खिची ब्रहमदेवले इमोमार्फत आफ्नो दाइ विष्णुदेव यादवलाई पठाएको अनुसन्धानबाट खुलेको थियो । भाइ व्रह्मदेवले पठाएको प्रश्नपत्र विष्णुदेवले सामाजिक सञ्जालमार्फत शिक्षक मनोजलाई पठाएका थिए । त्यसपछि मनोजबाट उमेश हुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेको थियो ।

पक्राउ परेकामाथि प्रहरीले सरकारी लिखत कीर्ते र परीक्षा मर्यादाविपरीत कार्यसम्बन्धी मुद्दा चलाएको छ ।

ताजा समाचार

spot_img

थप समाचार