मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025
मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025

एसईई को परीक्षा तालिका...

काठमाडौं,०१ माघ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१...

जय ट्रफी उपाधिका लागि...

बीरगन्ज,०१ माघ । जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आजदेखि...

माघे संक्रान्ति देशभरी धुमधाम...

काठमाडौ,०१ माघ । आज माघ १ गते देशभरि विविध परम्परा र आस्थाका साथ...

बीरगंज महानगरपालिकाको डिजिटल बोर्डमा...

बीरगंज । बीरगंज महानगरपालिकाको मुख्य प्रवेशद्वारमा रहेको डिजिटल डिस्प्ले बोर्डमा आपत्तिजनक सामग्री प्रदर्शन...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
13.9 C
Birgunj
spot_imgspot_imgspot_img

सिमरा–पोखरा सिधा हवाई उड़ानको तयारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा, वैशाख २३ । बाराको सिमरादेखि कास्कीको पोखरासम्म सिधा हवाई सम्पर्क हुने भएपछि स्थानीय र व्यवसायी उत्साहित भएका छन् ।

- Advertisement -

गण्डकी प्रदेश सरकारले पोखरालाई अन्य ६ प्रदेशसँग सिधा हवाई सम्पर्कबाट जोड्ने योजनाअन्तर्गत पहिलो चरणमा पोखरा–सिमरा हवाई सेवा सुरु गर्न लागेपछि बारावासी उत्साहित बनेका हुन् ।

गत पुष महिनामै सरोकारवालाबीच सिमरा–पोखरा हवाई उडानको सम्भावनाबारे भएको निर्णयअनुसार यही महिनाको अन्त्यबाट उडान थालिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्रसिद्ध पर्यटकीय नगरी पोखरासँग सिधा सम्पर्क भएपछि भारतीय पर्यटकको आवागमनमा वृद्धि हुने निश्चित ठानेर पर्यटन तथा होटल व्यवसायी अझ बढी उत्साहित बनेका छन् । जसले बाराको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने आँकलन गरिएको छ ।

- Advertisement -

गढिमाई मंदिर, पर्सा निकुन्ज, सिम्रौनागढ क्षेत्र, पथलैया वीरगञ्ज औद्योगिक करिडोर हवाई सेवाको प्रत्यक्ष लाभमा पर्ने देखिन्छ । जीतपुर सिमरा उपमहानगरपालिका बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछाने पोखरासँगको हवाइ सम्र्ककले बाराका निकुन्ज धार्मिक तथा औद्योगिक पर्यटन प्रवर्द्धन हुने बताउँछन् ।

यस रुटमा यात्रुको अभाव नरहने पनि नागरिक उड््डययन मन्त्रालयको ठहर छ । तत्कालीन पर्यटनमन्त्रीको निधन भएका कारण पनि उडान लम्बिएको हो । नागरिक उड्डयन प्राधिकरणका सिमराका प्रमुख हिराजन काफ्लेले सबै यात्रुको समयको सदुपयोग हुने भन्दै उद्योग व्यापारीहरु रिफ्रेस हुन र भारतीय पर्यटकहरु पोखरा हँुदै मुक्तिनाथसम्मको यात्रा गर्न सक्ने धारणा राख्छन् ।

पोखराबाट सिमरासम्म हवाई रुटको कुनै समस्या नभएको र निजी हवाई कम्पनीहरुले उडानका विषय चासो राख्दै अन्तिम गृहकार्यमा पुगेको जनाईएको छ । पोखरालाई अन्य प्रदेशसँग हवाई सम्पर्क जोड्ने योजना अन्तर्गत सबैभन्दा पहिले सिमरा–पोखरा उडान हुन लागेको हो ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार