Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध...

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता...

पर्सामा प्रतिनिधिसभा निर्वाचन: चार...

  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन...

पूर्वमुख्यमन्त्री सिंहले सप्तरी–२ बाट...

सप्तरी,०६ माघ । पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा...

प्रतिनिधिसभा निर्वाचनका लागि भारतबाट...

काठमाडौँ,०६ माघ । भारत सरकारले नेपालको प्रतिनिधिसभा निर्वाचन व्यवस्थापनका लागि ५३८ वटा सवारी...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

पर्साबाट हुन थाल्यो केराउ र मरिचको तस्करी,तलदेखी माथि सम्मको सेटीङ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

दिपक चौरसिया पर्सा, २४ बैशाख — पर्साको अलौ नाकाबाट प्रहरीहरुकै सहयोगमा केराउको तस्करी तिब्र रुपले बढेको छ ।

नेपाल र भारतको सीमामा पर्ने अलौबाट प्रहरीहरुकै सहयोगमा केराउको तस्करी तिब्र रुपले बढेको हो । केही महिना अगाडी पर्साको अमरपटीबाट केराउको तस्करी भएपनि हालको समयमा केराउ तस्करी गर्नको लागि अलौ नाकालाई तस्कर संगठनहरुले प्रयोग गर्दै आएका हुन ।

केही दिन अगाडीबाट केराउ तस्करी रुकेपनि पुनः नेपाल प्रहरीकै सहयोगमा सुचारु भएको छ । वीरगंज स्थित केही ट्रान्सपोर्टका संचालकहरु समेत केराउको तस्करीमा लागेको तस्कर श्रोतले जनाएको छ । श्रोतले जनाए अनुसार अलौ गाउमा राजनीति गर्ने समाजसेवी समेत यस कार्यमा लागेको बताए ।

सुरु सुरुमा कारोवारी नै रहेको र हालको समयमा समाजसेवा गर्दै आएका उनि समाज सेवा छोडी तस्करी सेवा समेत सुरु गरेको उनले दावी गरे । केराउको कारोवारमा जघन्य आम्दानी हुन थालेपछि समाज सेवा छोडी तस्करी सेवा सुरु गरेको उनको दावी रहेको छ । बिगतका दिनहरुमा आफुहरु पनि सीमाबाट केराउको कारोवार गरेको तर हालको समयमा सबैको काम बन्द गराई आफुलाई समाजसेवी भन्दै आएका ढोंगी केराउ तस्करीमा लागेको बताए ।

एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा लागेर सीमा नाकामा खटेका प्रहरीहरु समेत तस्करी वापत मोटो रकमको नजराना बुझेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख रेवती ढकालले मोटो रकमको नजराना बुझी लाइन दिए पश्चात वीरगंजदेखी अलौ नाकासम्म सबै युनिट र प्रदेश नम्बर २ का डिआईजी समेत रकम उठाइसकेको श्रोतले आरोप लगाए । प्रहरी उपरीक्षक ढकाल रकम उठाएर केराउको लाइन दिएपनि प्रदेशको टोलीका कारण ३ दिन काम चल्न सकेको थिएन ।

तर प्रदेशबाट खटिएका प्रहरी निरीक्षकको टोली डिआईजी पालको नाममा ५ लाख नजराना बुझे पश्चात ३ दिनपछि कार्य सुचारु भएको बुझिन्छ ।

साइकल र मोटरसाइकलको माध्यमले दिनहु करिब ५ टनसम्म केराउ भारत पुग्ने गरेको एक जना भारतीय नागरिकले बताएका छन् । उनका अनुसार अलौ नाकाबाट कसैको काम चल्न नदिने धाकधम्की लगाउदै अलौबाट केराउ तस्करी गर्न लागिएको बताए ।

तलदेखी माथिल्लो निकायसम्म नजराना बुझाए पश्चात केराउको तस्करी कार्य सुचारु भएको बुझिन्छ । यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकाल र वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक चक्र मल्ललाई खबर गरेपनि मौन रहेका छन् । एनि हाउ पैसा कमाउ भन्ने उख्दखानमा लागेका प्रहरीहरु माथि माथिल्लो निकायको ध्यान जान अति आवश्यक देखिन्छ ।

ताजा समाचार

थप समाचार