मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.4 C
Kathmandu
19.4 C
Kathmandu
23.7 C
Birgunj

संविधानले मेरो सरकार चिन्दैन, हास्यकलाकारले मात्र मेरो सरकार मान्छन् : नेता खाड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हास्यकलाकारको संज्ञा दिएको छ।

- Advertisement -

पार्टीको राष्ट्रिय जागरण अभियानलाई सोमबार राजधानीमा सम्बोधन गर्दै नेता बालकृष्ण खाडले सिंहदरबारमा हास्यकलारकारको प्रवेश भएको बताए ।

‘हास्यकलाकारले देश चलाएका छन् । संहिदरबारमा हास्यकालकारको प्रवेश भएको छ’, खाडले भने, ‘नेपालको संविधानले मेरो सरकार चिन्दैन, हास्यकलाकारले मात्र मेरो सरकार मान्छन् ।

- Advertisement -

खाडले ओली अधिनायकवादी बाटोतर्फ अग्रसर भएको दाबी गर्दै उनको दुष्प्रयासलाई पार्टीको जागरण अभियानले समाप्त पार्ने घोषणा गरे ।

ओली सरकार आएयता भ्रष्टाचार, महंगी, कालोबजारीलगायतका बेथिति मौलाएको भन्दै खाडले कलाकारबाट कुनै अपेक्षा गर्न नसकिने बताए ।

‘काठमाडौँको पहिचान मेटाएर माक्समाण्डु बनाइएको छ । बालुवाटार बेच्ने र किन्ने तथा मार्सी चामल वालालाई अगाडि पछाडि लगाउने काममात्रै भएको छ’ उनको आरोप थियो ।

उनले निर्मला पन्तको हत्यारा नेकपाकै कार्यकर्ता भएको दाबी गर्दै त्यही कारण दोषीमाथि कारबाही हुन ढिलाइभइरहेको बताए ।

प्रधानमन्त्रीले संसदीय मर्यादासमेत कायम गर्न नसकेको आरोप लगाउँदै प्रधानमन्त्रीले माफी मात्रै संसदको रेकर्डबाट उनले बोलेको शब्द हटाइनुपर्ने माग गरे । उनले ओली नसच्चिए उनी र उनको पार्टीकै भविष्य संकटमा पर्न सक्ने चेतावनी समेत दिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -