spot_img

ट्‍वीटरमा नयाँ फिचर

spot_img
spot_img

काठमाडौं — ट्‍वीटरले कसैले गरेको ट्‍वीटलाई अन्य व्यक्तिले रिट्‍वीट गर्ने नियममा परिवर्तन गरेको छ। यसअघि टेक्स्टमात्र सपोर्ट गर्ने गरेकोमा अब रिट्‍वीटमा पनि विभिन्न फोटो, भिडियो जोड्न सकिने भएको छ।

ट्‍वीटरले यो सुविधा निकै ढिलो गरी ल्याए पनि यसले प्रयोगकर्तालाई उत्साहित बनाउने अनुमान गरिएको छ। कम्पनीले यो फिचर ढिलो गरी आउनुको कारणमा यो ठूलो प्रोजेक्ट भएको र यसले समग्र ट्‍वीट डिटेल पेजका साथै टाइमलाइनमा पनि असर पर्ने उल्लेख गरेको छ।

‘यसले ट्‍वीट डिटेल पेजका साथै टाइमलाइनमा पनि असर पार्ने हुँदा हामीले प्रत्येक ती क्षेत्रलाई नयाँ डिजाइन र काममार्फत समाहित गरेका छौं’, ट्‍वीटरले भनेको छ। यो विस्तार गरिएको रिट्‍वीट फिचर हालका लागि आईओएस प्रयोगकर्ता अर्थात् आइफोनमा मात्र उपलब्ध छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय