Date
शनि, असार ७, २०८२
Sat, June 21, 2025
Date
शनि, असार ७, २०८२
Sat, June 21, 2025

राजविराज भन्सारबाट ११ महिनामा...

राजविराज,०७ असार । राजविराज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा...

जनावर तर्साउने विद्युतीय धराप...

जनकपुर,०७ असार । जङ्गली जनावरबाट बाली जोगाउन खेतमा जडान गरिने विद्युतीय धराप किसानहरूको...

बजेट वितरणमा बेइमानी नगर्न...

काठमाडौं,०७ असार । नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले बजेट विनियोजनमा गरिएको...

पीस जोन एकेडेमीद्धारा चिसो...

बीरगन्ज,०७ असार । बीरगन्जको बसपार्क क्षेत्रमा शनिवार पीस जोन एकेडेमीका विद्यार्थीहरूले यात्रु र...
spot_imgspot_imgspot_img
22.3 C
Kathmandu
33.6 C
Birgunj
spot_imgspot_imgspot_img

गर्मीको असर कम गराउने ६ पेयपदार्थ

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी – गर्मी लागेसँगै पेयपदार्थको माग पनि बढ्छ । गर्मीमा ताजा रहन र शितलता प्राप्त गर्नको लागि मानिसहरु विभिन्न प्रकारका चिसो पेयपदार्थ पिउने गर्छन् । घरमा पनि सजिल्यै बनाउन सकिने कतिपय पेयपदार्थहरुले उर्जासँगसँगै शरीरमा पोषक तत्व पनि प्रदान गर्छ ।

- Advertisement -

चिसो बनाइएकोे पेय पदार्थ र विभिन्न बजारमा पाइने पेयपदार्थ सेवन गर्दा शरीरमा नकारात्मक असर परिरहेको हुन्छ । त्यसैले, गर्मीमा बजारमा पाइने विभिन्न प्रकारका चिसो पेय पदार्थ पिउनुभन्दा घरमा नै निर्माण गरिएको स्वस्थकर पेय पदार्थ पिउँदा स्वास्थसँगसँगै गर्मीको चिढचिढाहटबाट पनि मुक्ति मिल्छ ।

तरबुजाको जुस
तरबुजाको रसमा ९६ प्रतिशत पानी हुन्छ । साथै, यसमा भिटामिन A, B6, C जस्ता एन्टिअक्सिडेन्ट्स पनि हुन्छ । यसकारण शरीरमा पानीसँग रासायनिक तत्व सजिल्यै घुल्छ र शरीरलाई ‘हाइड्रेट’ राख्न मद्दत गर्छ ।

कागती पानी
कागती पानीमा भिटामिन सिको मात्रा प्रचुर मात्रामा हुन्छ । जसले विभिन्न प्रकारका रोग लाग्नबाट बचाउँछ । यसमा भएको एन्टिअक्सिडेन्ट्सले शरीरलाई हाइड्रेट राख्छ । त्यसैले गर्मीमा कागती पानी पिउनु फाइदाजनक मानिन्छ ।

नरिवलको पानी
शरीरमा पानी र रासायनिक पदार्थबीच सन्तुलन राख्न साधारण पानीको सट्टा नरिवलको पानीको प्रयोग उत्तम मानिन्छ । यसमा भिटामिन ई पाइन्छ । गर्मीमा शरीरलाई स्वच्छ र सक्रिय बनाइराख्नको लागि नरिवल पानी पिउँनुहोस् ।

मही
नेपालीहरु धेरैलाई थाहा भएकै पेय पदार्थ हो मही । दूध जमाएर बनाइएको दहीलाई मोथेर घिउ निकाल्दा बनेको मही गाउँघरमा गर्मीको समयमा अत्यधिक पिउने झोल पदार्थ हो । मही स्वास्थ्यको लागि निकै लाभदायी छ । यसमा क्याल्सियम, राइबोफ्लेभिन, प्राटिन जस्ता स्वास्थ्यवर्धक पोषक तत्व पर्याप्त मात्रामा हुन्छ । मही पिउँदा कब्जियत र डिहाइड्रेशनको समस्या पनि कम हुन्छ ।

आँपको बोक्राको झुस
गर्मीले धेरै नै सताएको समयमा आँपको बोक्राको रस पिउँदा स्वास्थ्यमा गर्मीको असर कम गर्न सकिन्छ । काँचो आँपको बोक्रा निकाल्ने र त्यसलाई पानीमा उमाल्ने । त्यसमा नुन, पुदीना र चिनी हालेर पिस्ने र पानी हालेर पिउँने । यसले गर्मीमा निकै राहत गर्छ ।

पुदीनाको शरबत
गर्मीमा डिहाइड्रेशनको समस्याबाट बच्नको लागि पुदीनाको पात, चिनी, मह, कालो चिनी र जिरा पाउडर हालेर पिस्ने र पेस्टमा थोरै पानी हालेर पिउने । यसले बच्चाहरुमा पनि गर्मीको असर कम गराउँछ ।

  • Ratopati

ताजा समाचार

spot_img

थप समाचार