काठमाडौं । एक टेलिभिजनमा आइतबार साँझ उपप्रधान एवंम स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई लिइएको अन्र्तवार्ता एकाएक भाइरल बन्न पुगको छ । एभिन्यूज टेलिभिजनको एक अन्तर्वार्तामा पत्रकार सुशील पाण्डेले उपप्रधान यादवसँग लिएको अन्तर्वार्ता भाइरल बनेको हो ।
समसामयिक विषयमा लिइएको अन्तर्वार्ता एकाएक तनावको अवस्थामा पुगेको थियो ।
कार्यक्रमको शुरुवात नै प्रश्नकर्ता पत्रकार पाण्डे सरकार विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका थिए ।
सरकारका उपप्रधानमन्त्रीलाई अतिथी बनाइएको कार्यक्रमको शुरुवातमा उनले भने – संविधानको प्रस्तावनामा समाजवाद लेखेर कम्युनिस्ट सरकार यतिखेर शासन गरिरहेको छ । उसको फुर्तिफार्ती ठूलै छ । कर्मकाण्डी ढंगबाट सरकार चलिरहेको छ, जनताहरु निराश बन्दै गइरहेका छन् ।
समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई उनको पहिलो प्रश्न थियो, सरकारमा बसिरहँदा तपाई सन्तुष्ट हुनुहुन्छ ?
जवाफमा जनता सन्तुष्ट भए सन्तुष्ट, नभए म पनि असन्तुष्ट भन्ने जवाफ दिएका थिए ।
सुरुवातामा हासोसहित शुरु भएको अन्तर्वार्ता एकाएक तनावमा त्यति बेला आयो जतिबेला पत्रकार पाण्डेले
सरकारले प्रेसको घाँटी निमोठ्ने प्रयास गरिरहेको छ ? भन्ने प्रश्न गरे ।
जवाफमा उपप्रधानमन्त्री यादवले भने–प्रेस स्वतन्त्रता, नागरिक स्वतन्त्रता, जति अहिले छ त्यति विगतमा थिएन ।
बीचमा पत्रकारले थप्छन्, विगतमा थियो अहिले छैन …घाँटी निमोठ्ने काम भइरहेको छ…
मन्त्री– सुन्नुस् सुन्नुस्…मुलुकमा हामीले धेरै तानाशाही व्यवस्थाहरु भोगेका छौं ।
पत्रकार–ए तानाशी व्यवस्थातिर हामी लागिरहेका छैनौं….
मन्त्री– सुन्नुस न् वकवास न गर्नुहोस् न !
पत्रकार– वकवास यो सरकारले गरिरहेको छ…
उपेन्द्र– सुन्नुस् सुन्नुस्, पहिला ढंगले सुन्नुहोस् न ! हामीले निरंकुश राजतन्त्रसँग लड्यौं, पञ्चायत विभेदका विरुद्धमा लड्यौं । निकै संघर्षपछि आएको सरकार हो जो प्रेस स्वतन्त्रताका लागि लडेकोछ । जो लोकतन्त्रका लागि लडेको छ ।
पत्रकार– लड्दैमा हुन्छ ?
मन्त्री– त्यसै आएको हो त प्रेस स्वतन्त्रता ?
पत्रकार–ए तपाईंहरुले किस्तिमा राखेर दिएको हो स्वतन्त्रता मिडियालाई …
मन्त्री– मिडियामा बहस हुँदैछ, …..गतल ढंगले प्रचार ग¥यो भने, अझ व्यवस्थित गर्न ल्याएको भनेर सञ्चारमन्त्रीले भन्नु भएको छ त…
त्यसपछि पनि बहस जारी हुन्छ ।
त्यहाँ उपप्रधानमन्त्रीले पित पत्रकारिताबारे कुरा गर्छन् ।
मन्त्री– मिडियको घाँटि थिचिँदैन । मिडिया स्वतन्त्रताका लागि हामी धेरै लडेका छौं ।
पत्रकार– नेपाली प्र्रेस लडेको छैन ?
मन्त्री– छ , तर हामीले जेल नेल भोगेका छौं । मिडियामा फ्रिडम रहन्छ ।
त्यसपछि पत्रकरले भ्रष्टाचारको कुरमा जाउँ भन्दै मन्त्री यादवलाई प्रश्न गर्छन्–
पत्रकार– के भएको यो, तपाई त सरकारमा हुनुहुन्छ ?
मन्त्री– के भइरहेको छ ?
पत्रकार– भ्रष्टचार, के भइरहेको छ थाहा छ ?
मन्त्री– थाहा छैन ।
पत्रकार– वाइडबडीमा के भयो, चिनी सुन काण्ड के भयो, काण्डै काण्डमा किन सरकार लिप्त छ ?
मन्त्री– प्रुफहरु ल्याउनुस् कारवाही हुन्छ ।
पत्रकार– ए प्रुफ मिडियाले ल्याइदिने, सरकारी संयन्त्र छैन ?
मन्त्री– अनि हावामा भलमा हुन्छ ?
पत्रकार– हावामा पटक्कै छैन मन्त्री न्जू, तपाईलाई जवाफ दिन मन छैन भने सोध्दिन तर हावा तालमा प्रचार गरेको होइन
मन्त्री– हावादारी कुरा गरेर हुँदैन
पत्रकार– वाइडबडी हावादारी हो ?
मन्त्री– त्यसको जाँच भइरहेको छ, प्रकृयाबाट जान्छ हावादारी कुरा गरेर हुन्छ ।
पत्रकार– संसदीय समितिलाई पंगु बनाएर हुन्छ ?
मन्त्री– कहाँ भएको छ, जाँच भइरहेको छ ।
त्यसपछि सरकारको कुरा छोडेर पत्रकार पाण्डे संघीय समाजवादी फोरम र नयाँ शक्तिबीचको एकताबारे प्रश्न गर्छन् । शुरुमा उनले दुई पार्टी
मिलेकोमा शुभकामना दिन्छन् र प्रश्न गर्छन् ।
पत्रकार– यसले नेपाली जनतालाई के दिन्छ ?
उपेन्द्र–नेपाली मिडियाले जनतालाई के दिन्छ ? तपाइ यहाँ बस्नु भएको छ ?
पत्रका– सुसुचित गरिराखेका छौं ।
उपेन्द्र– हो हामीले पनि राजनीतिक रुपमा चेतनशील बनाउने हो,
पत्रकार –होइन तपाईहरुले देश परिवर्तन गर्ने होला
मन्त्री– सुन्नु न सुन्नु …गर्ने हो , तपाईको प्रश्न गर्ने ढंग बुझेन के । राजनीतिक दलले के दिन्छ भन्ने थाहा छैन ?
पत्रकार– समाजवादी पार्टी भइसकेपछि….यो पार्टीले नेपाली जनतालाई के दिन्छ ? भनेर सोध्दा तपाई प्रश्नको ढंग तिर नजानुस्, न सिकाउनुस् मन्त्री ज्यू,
मन्त्री –अलि शिष्ट भएर प्रश्न सोध्नुस्
पत्रकार–एकदम शिष्ट छौं । क्षमा गर्नुहोस् एक दम शिष्ट छौं हामी…(उनी बोलिरहन्छन्)
मन्त्री –पहिलो कुरा शिष्ट भएर प्रश्न गर्नुहोस्, इन्टरभ्यू लिने तरिका सिक्नुस्, कसरी कुरा गरिन्छ त्यो सिक्नु प¥यो ।
पत्रकार–ए तपाई नेपाली मिडियालाई शिष्टता सिकाउँदै हुनुहुन्छ ?
मन्त्री– तपाईलाई …
पत्रकार– ठाँडो प्रश्न हो ठाँडै उत्तर दिनुस्,
मन्त्री– ल बन्द गर्नुस्
पत्रकार–तपाई जान सक्नुहुन्छ,
मन्त्री –ल, धन्यवाद
पत्रकार– प्रश्नको उत्तर दिन सक्नुहुन्न भने जानसक्नु हुन्छ । यहाँ आएर वकवास नदेखाउँनुस् कृपया… (दोहोरो भनाभन हुन्छ)
पत्रकार– यहाँ हामी मजाले सोध्छौं ।
मन्त्री– प्रश्न सोध्ने सिष्टता ….
पत्रकार– मैले शिष्टता राखिरखेको छु, कुन चाँहि अशिष्ट भयो ?(उपेन्द्र बोलिरहेका हुन्छन्)
पत्रकार– तपाई जान सक्नु हुन्छ
धन्यवाद भन्दै उपेन्द्र हिँड्छन् ।
त्यसपछि पत्रकारले आफ्नो प्रश्नहरु सुन्न सक्ने हिम्मत नभएर जानु भएको छ भन्दै कार्यक्रमलाई निरन्तरता दिन्छन् ।
यो भिडियो यतिवेला भाइरल भएको छ । कतिले मन्त्रीलाई त कतिले पत्रकारलाई गाली गरिरहेका छन् ।