spot_img

भाइले गोलि चलाउँदा दाइ गम्भिर घाइते

spot_img
spot_img

सनम श्रेष्ठ, बीरगंज २ ज्येष्ठ — पर्साको जिराभवानी गाउपालिका वडा न. २ बलुवामा भाइले गोलि चलाउँदा दाइ गम्भिर भाइते भएका छन् ।

 

आफ्नी श्रीमती संग अनैतिक सम्बन्ध राखेको भन्दै ३८ बर्षिय भाइ शेख सराजुदिनले ५५ बर्षिय आफ्नै दाइ सेख थारुक कन्सारलाई आज साँझ पछाडीवाट पिठ्युँमा गोली हानी हत्या गर्ने प्रयास गरेको प्रहरी चौकी महादेवपट्टीका प्रहरी सहायक निरीक्षक पवन कुमार झाले जानकारी दिनुभयो ।

निज शेखको नारायणी अस्पतालमा उपचार पश्चात थप उपचारको लागि बीरगंजको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा रिफर गरिएको छ ।

गोली प्रहार गर्ने भाई शेष सराजुदिनलाई स्थानीयको सहयोगमा प्रहरीले नलकटुवा पेस्तोल र सो मा लाग्ने चार राउन्ड गोली सहित थप अनुसन्धान को लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक राजेश चौधरीले जानकारी दिनुभयो ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय