शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

इज्जत नभएको भन्दै निर्देशकले छोडे अक्षयको फिल्म

सिफारिस

एजेन्सी– बलिउड अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘लक्ष्मी बोम्ब’ पहिलो पोस्टर सार्वजनिक गरिएको छ । यो फिल्म साउथ सुपरहिट हरर फिल्म ‘कंचना’ को रिमेक हो । पहिलो लुक्सलाई दर्शकले निकै मन पराईरहेका छन् । तर फिल्मका निर्देशक राघव लोरेन्स दुखी भएका छन् ।

- Advertisement -

निर्देशकले जानकारी बिनै फिल्मको पोस्टर सार्वजनिक गरेको उल्लेख गरेका छन् । उनले अब यो फिल्मको निर्देशन नगर्ने समेत निर्णय गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत फिल्म छोडेको घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘तमिलमा एक पुरानो भनाई छ, जुन घरमा तिम्रो इज्जत हुँदैन त्यो घरमा नबस । त्यसैले मैले ‘कंचना’को हिन्दी रिमेक अर्थात ‘लक्ष्मी बोम्ब’ निर्देशन नगर्ने निर्णय गरेको छु । मलाई फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्ने भन्ने जानकारी थिएन । तर यो कारणले मात्र फिल्म छाडेको होइन । अरु पनि धेरै कारण छन् । पोस्टरको डिजाइन पनि राम्रो छैन ।’

उनले अर्का पोस्टमा लेखेका छन्, ‘मैले चाहे भने फिल्मको स्क्रिप्ट लिन सक्छु । किनकी मैले यो फिल्मको कुनै पनि एग्रिमेन्ट साइन गरेको छैन । तर म यस्तो गर्दिंन किनकी यो प्रोफेशनल तरिका होइन । म आफ्नो स्क्रिप्ट दिन तयार छु । म अक्षय कुमारको निकै इज्जत गर्छु । अक्षय कुमारलाई भेटेर फिल्मको स्क्रिप्ट दिन्छु तर यो प्रोजेक्ट म गर्दिंन । म पुरै टिमलाई सफलताको शुभकामना दिन चाहन्छु ।’ राघव लोरेन्सले कंचना र यसको सिक्वेल पनि निर्देशन गरेका थिए ।

- Advertisement -
- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार