spot_img

राजीनामा दिने घोषणा गरेका तामाङ किन सहसंयोजकमै बस्न तयार भए ?

spot_img
spot_img

काठमाडौं । नेकपाका विद्यार्थी नेता रञ्जित तामाङ सहसंयोजकको जिम्मेवारीमा बस्न तयार भएका छन् । तत्कालीन माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका अध्यक्ष रहेका तामाङले एकतापछि पनि विद्यार्थी संगठनको संयोजकमा दाबी गर्दै आएका थिए ।

तर, पार्टीले तत्कालीन अनेरास्ववियुका महासचिव ऐन महरलाई संयोजक बनाएर तामाङलाई सहसंयोजकको जिम्मेवारी दिएपछि उनले आफ्नो अपमान भएको भन्दै राजीनामा दिने घोषणा गरेका थिए ।
तर, बुधबार गृहजिल्ला झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै तामाङले अब सहसंयोजककै जिम्मेवारी स्वीकार गर्ने बताए ।

‘शैक्षिक रुपान्तरण, जनजिवीका, राष्ट्रियताको मुद्दा समातेर एक वर्षभित्र अधिवेशन गर्ने मेरो स्पिरिट हो,’ तामाङले भने, ‘म त्यसैअनुसार पार्टीले दिएको जिम्मेवारी स्वीकार गर्दै संगठनमा क्रियाशील हुन्छु ।’

उनले अरु जनवर्गीय संगठनको नेतृत्व विधि प्रक्रियाअनुसार नै टुंगो लगाइए पनि विद्यार्थीमा भने त्यसविपरित भएको दोहोर्‍याए । ‘निर्णय चित्तबुझ्दो नभएपछि म राजीनामा पत्र लिएर पार्टी अध्यक्ष प्रचण्डलाई बुझाउन गएको थिएँ । उहाँले तपाईंलाई अन्याय परे पनि एकताका लागि त्याग गरेर युवा विद्यार्थीलाई सकारात्मक सन्देश दिनुपर्छ भन्नुभयो,’ तामाङले भने ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय