सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025
सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025

बीरगन्जमा गैरकानुनी रूपमा नागरिकता...

बीरगन्ज,२८ माघ । नेपालमा पैसाको बलमा कानुन बङ्ग्याउने प्रवृत्ति बढ्दै गएको देखिन्छ। विशेष...

बिहे भोजमा झडप धारिलो...

बाँके,२८ माघ । बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक किशोरको मृत्यु भएको...

महाकुम्भ मेला: हालसम्म ४२...

काठमाडाैं,२८ माघ  । महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदै छन् । यस प्राचीन...

मुख्यमन्त्री सिंहद्वारा नदीजन्य पदार्थको...

जनकपुर,२८ माघ । नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
17.2 C
Birgunj
spot_imgspot_imgspot_img

अब बारुदको गन्ध आवश्यक छैन :: मन्त्री बाँस्कोटा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा जनताको व्यापक सहभागितामा ७० वर्षसम्म गरिएको सङ्घर्षबाट प्राप्त गणतन्त्रले सबैलाई समान अवसर प्रदान गरेकाले अब नेपाली समाजमा बारुदको गन्ध जरुरी नभएको बताएका छन् ।
मन्त्री बाँस्कोटाले १२ औं गणतन्त्र दिवसको अघिल्लो दिन आज रेडियो नेपाल र नेपाल टेलिभिजनद्वारा आयोजित विशेष जागरण गीत सम्मेलनका सहभागी र अतिथिलाई सिंहदरबारस्थित रेडियो नेपालको परिसरमामा सम्बोधन गर्दै सबैभन्दा ठूलो कुरा गणतन्त्रले सबैलाई नेपालमा पहिले कहिल्यै नभएको स्वतन्त्रता, स्वाधीनता र समान अवसर दिएको स्पष्ट पारे ।

- Advertisement -

उनले भने, ‘अब हाम्रा बस्तीमा बारुदको गन्ध जरुरी छैन, गणतन्त्रमा जनता नै मालिक हुने भएकाले जनताका अगाडि बन्दूक केही होइन ।’ गणतन्त्रपछि बनेको पहिलो बहुमतको सरकारले गणतन्त्रलाई संस्थागत गर्ने र देशलाई प्रगतिको दिशामा उन्मुख गराउने नीति तथा कार्यक्रम ल्याएको स्मरण गराउँदै उनले भने, ‘रातारात मुलुक बन्दैन ।

आर्थिक परिवर्तन जति सजिलो छ, सामाजिक र सांस्कृतिक परिवर्तन गर्न उत्तिकै कठिन रहेकोले अब हाम्रो ध्यान त्यता जानुपर्छ ।’ उनले अबको लडाइँ गरीबी समाप्त गर्ने, कृषि र शिक्षामा फड्को मार्ने र प्राप्त अधिकारलाई सुदृढ तुल्याउने हुनुपर्ने बताए ।

- Advertisement -

मन्त्री बाँस्कोटाले अहिले जनताबाट निर्वाचित सरकारले गणतन्त्र र परिवर्तनलाई संस्थागत गर्दै समृद्धिको आधार तयार गरिरहेको जनाउँदै यो सरकार पनि असफल भए को आउने भन्ने स्पष्ट हुनुपर्ने जिकिर गरे । गत एक वर्षमा सरकारले संविधानअनुकूल नयाँ कानून र संरचना निर्माणमा समय व्यतीत गरेकाले अबको योजना र प्रयास समृद्धितर्फको यात्रा हुने उनले उल्लेख गरे ।

मन्त्री बाँस्कोटाले थपे, ‘जनताको रगत, आँशु र पसिना साटिएर आएको गणतन्त्र कसैले दिएको उपहार होइन । गणतन्त्र सत्तरी वर्षसम्म जनताले गरेको सङ्घर्षको प्रतिफल हो । अब मुलुकलाई अन्तरराष्ट्रिय मानकसँग गाँस्न आवश्यक छ । अब कोही पनि जनता भोकै बस्नु पर्दैन । कृषिमा क्रान्ति गरेर समृद्धिमा लाग्नुपर्छ ।’

कार्यक्रममा विभिन्न कलाकारले विशेष जागरण गीत प्रस्तुत गर्नुभएको थियो । कलाकारले ‘गणतन्त्र स्थापना’, ‘नयाँ दिन आयो’, ‘हम ने पहाडी’, ‘थ्व सर्गतय्’, ‘बलिदान’ आदि बोलका गीतसङ्गीत प्रस्तुत गरिएका थिए । सम्मेलनको प्रायोजन नेपाल टेलिकमले गरेको हो । यही जेठ १५ गते १२ औँ गणतन्त्र दिवस मनाइँदैछ । ऐतिहासिक जनआन्दोलन–२ पछि २०६५ साल जेठ १५ गते तत्कालीन प्रतिनिधिसभाबाट राजतन्त्रतात्मक शासन अन्त्य भई गणतन्त्रको घोषणा भएको थियो ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार