आइत, चैत्र १२, २०७९
Sun, March 26, 2023
आइत, चैत्र १२, २०७९
Sun, March 26, 2023
24.4 C
Kathmandu
23.8 C
Kathmandu
34.8 C
Birgunj

आज गणतन्त्र दिवस

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं — बुधबार देशभर गणतन्त्र दिवस मनाइँदैछ। २०६५ जेठ १५ गते संविधानसभाले राजतन्त्र अन्त्य गरी नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। गणतन्त्र नेपाली जनताले प्राप्त गरेको विशिष्ट राजनीतिक उपलब्धि हो। गाण्तन्त्रपछि २३८ वर्ष लामो राजतन्त्र अन्त्य भएको छ। मुलुकमा नयाँ संविधान जारी भई संघीयता कार्यान्वयन प्रक्रिया अगाडि बढेको छ।

- Advertisement -

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै समृद्ध नेपाल–सुखी नेपालीप्रति सरकार अग्रसर रहेको स्पष्ट पारेका छन्।

राष्ट्रपतिको सन्देशमा गणतन्त्र राजनीतिक प्रणाली मात्रै नभई समग्र सामाजिक रूपान्तरणको व्यवस्था भएको सन्देशमा उल्लेख छ। ‘विश्वमै लोकप्रिय तथा समृद्ध पद्धतिका रूपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै गएको छ,’ राष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ।

- Advertisement -

प्रधानमन्त्री ओलीले विकासको प्रस्थानबिन्दु सबैलाई खाद्य व्यवस्था, आवास, कपडा, शिक्षा र स्वास्थ्य एवं सुरक्षा रहेको सन्देशमा उल्लेख गरेका छन्। ‘हामीले जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प लिएका छौं। संकल्प सार्थक बनाउने सरकारको दृढ उद्देश्य छ,’ प्रधानमन्त्री ओलीको सन्देशमा छ, ‘गणतन्त्र जनता सार्वभौमसत्ता सम्पन्न हुने प्रणाली हो। जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गराउने अभियानमा विकास, समृद्धि, सुशासन एवं स्थिरता सरकारको मुख्य गन्तव्य छ।’

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -