मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025
मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025

बीरगंज महानगरपालिकाको डिजिटल बोर्डमा...

बीरगंज । बीरगंज महानगरपालिकाको मुख्य प्रवेशद्वारमा रहेको डिजिटल डिस्प्ले बोर्डमा आपत्तिजनक सामग्री प्रदर्शन...

गढीमाई मन्दिरमा खिचडी पर्वको...

बारा, वीरगञ्ज – माघे सङ्क्रान्ति तथा खिचडी पर्वको अवसरमा बारा जिल्लाको बरियारपुरस्थित गढीमाई...

कलैया उपमहानगरको हिउँदे नगर...

बारा,२९ पुस । बाराको कलैया उपमहानगरपालिकाको १४ औँ हिउँदे नगर सभा सोमबार सम्पन्न...

पर्साको पटेर्वा सुगौलीमा तीन...

बीरगन्ज,२९ पुस । पर्साको पटेर्वा सुगौली गाउँपालिकाले पहिलो पटक माघी पर्वको अवसरमा माघी...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.7 C
Birgunj
spot_imgspot_imgspot_img

महिनावारी सम्बन्धि जनचेतना मुलक कार्यक्रममा स्कुल/स्कुल डुल्दै आसमान नेपाल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज १५ जेठ – महिला तथा स्कुल,कलेजका छात्राहरुले महिनावारीका बेला झेल्ने गरेको समस्यालाई न्युनिकरण गर्ने अभियानमा पर्साको एक गैर सरकारी संस्था लागी परेको छ । महिनावारी दिवसलाई जनजनमा पु¥याउँन तथा महिनावारीका वेला महिलालाई हेर्ने सामाजिक दृष्टिकोणलाई परिवर्तन गर्नका लागि आसमा नेपाल गैरसरकारी संस्थाले पर्सामा साता व्यापी कार्यक्रम संचालन गरी रहेको छ ।

- Advertisement -

आसमा नेपालले जेठ २३ गते देखि २८ गते सम्म बिभिन्न कार्यक्रमहरुको आयोजना गरी महिनावारीको समयमा हुने कठिनाई र त्यसको निदानको वारेमा जनचेतना मुलक कार्यक्रम गरेको छ । आसमान ले एक दिन एक बिद्यालय कार्यक्रममा संचालन गरेको छ भने बिद्यालयका छात्राहरुलाई सेनेटरी प्याड पनि बितरण गरी रहेको छ । कार्यक्रम अन्तर्गत संस्थाले पकहामैनपुर, पोखरिया, वीरगन्ज रामनगरी, बहुअर्वाभाठा, बडेरवा, भेडियारी, डोकैला बहुवरी, बडनियार लगायतका ठाउँका बिद्यालयहरुमा कक्षा ६ देखि ८ सम्मका छात्रा, छात्रहरुसँग महिनावारीका वेला आई पर्ने समस्याहरुको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम संचालन गरी रहेको छ ।

गाउँगाउँ तथा स्कुल/स्कुल पुगेको आसमान नेपालको टोलीले महिनावारीका वेला घर,स्कुल तथा कार्यालयमा समेत महिला मैत्री बतावरण नरहेकोे बताउँछन् । आसमान नेपालका श्रीला सरकारले पर्साका स्कुलहरु महिला मैत्री नभएका कारण छात्रा तथा शिक्षिका दुवैलाई स्कुलमा महिनावारीका वेला समस्या हुने गरेको वताईन् । पर्साका स्कुलहरुमा कहि शौचालय छैन् कहि छ त शौचालयमा पानीको व्यवस्था छैन उनले थपिन् ।

- Advertisement -

प्याड विर्सन गर्ने ठाउँको अभाव, महिनावारीका वेला पौष्टिक अहारको अभाव,स्कुलमा शौचालय,पानी,सावुन, डस्विन आदीको अभाव तथा आर्थिक अभावका कारण पनि स्कुले छात्राहरु तथा महिलाहरु महिनावारीका वेला पिडा सहन बाध्य रहेको सरकारको भनाई छ । उनले हामीले पर्साका केहि स्थानिय निकायमा समाजिक रुपान्तरणका लागि काम गरी रहेको भए पनि यो अभिायानलाई जिल्लाभरीको गाउँ गाउँमा टोलटोलमा पु¥याउँन जरुरी रहेको बताईन् । पर्साको स्कुलमा महिनावारीको वेला छात्राहरुको उपस्थिती घटने गरेको सरकारको भनाई छ ।

यसो हुदा युवतीहरु पढन पाउँने अधिकारबाट समेत बन्चित भइरहेका छन् । भिएसओ तथा युकेएडको सहयोगमा संचालन भईरहेको कार्यक्रमबाट हरेक स्कुलको ७५ जना गरी ११ स्कुलको ८२५ जना छात्राहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने तथा त्यसको प्रभावका कारण कार्यक्रममा सहभागी रहेकाहरुको परिवार, छरछिमेकका अन्य महिला तथा स्कुले छात्राहरु पनि लाभान्ति हुने आसमान नेपालले जनाएको छ । महिलाहरु हरेक महिना महिनावारीको वेला सास्ती भोग्न बाध्य रहेकोमा यो कार्यक्रम लागु गरिएको क्षेत्रको महिलाहरुलाई यो समस्याबाट सदाको लागि मुक्ति दिलाउँने कार्यक्रमको मुख्य उदेश्य रहेको संस्थाको प्रमुख मुनिलाल बैठाले बताउनु भयो ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार