Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...

जेनजी प्रदर्शनका क्रममा तोडफोडमा...

काभ्रे,०२ मंसिर ।  जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

निबन्ध प्रतियोगितामा कञ्चनजंघा मावि प्रथम

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज, १५ जेष्ठ – गत जेष्ठ ११ गते त्रिजुद्ध माविमा व्यवस्थित वीरगञ्जको आयोजनामा सम्पन्न भएको निबन्ध लेखक प्रतियोगिताको पुरस्कार आज वितरण गरिएको छ । आज गणतन्त्र दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरि विजेताहरुलाई पुरस्कार वितरण गरिएको व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलीपराज कार्कीले बताएका छन् ।

संयोजक दिलीपराज कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको प्रमुख आतिथ्य रहेको थियो भने वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतको विशिष्ट आतिथ्य रहेको थियो ।

 

व्यवस्थित वीरगञ्ज अभियानमा मेरो भुमिका विषयक निबन्ध प्रतियोगितामा कञ्चनजंघा मावि का आदर्श शुभम कर्ण प्रथम, जिएचपि माविकी रोशिनी पटेल द्धितीय, गौतम माविकी प्राची आचार्य तृतीय, कादाम्बरी माविकी अर्शिन कौर चौथो, त्रिभुवन विधालयका हृद्येश यादव पाँचौ, रितुल सिंह छैठो र मनिशा जयसवाल सातौ भएका छन् ।

प्रतियोगितामा विजेता हुने प्रथम, द्धितीय र तृतीय हुने लाई क्रमशः १५,०००, १०,००० र ५,००० पुरस्कार राशि सहति प्रमाण पत्र प्रदान गरिएको छ ।

नगद पुरस्कार वीरगञ्ज महानगरपालिकाको सहयोगमा प्रदान गरिएको संयोजक कार्कीले जनाएका छन् ।

प्रतियोगितामा ४९ विधालयका ९३ विधार्थी सहभागि भएका थिए ।

ताजा समाचार

थप समाचार