जनकपुरधाम । प्रदेश २ को नाम र स्थायी राजधानी तोक्ने सम्बन्धमा गठित सुझाव समितिले प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको छ ।
बिहीबार संयोजक डा। हरिवंश झाले मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन बुझाएका हुन् । समिति संयोजक डा। झाले प्रदेशका आठवटै जिल्लाको सदरमुकाममा कार्यक्रम गरी जनप्रतिनिधि, नागरिक समाज, पेशागत संघ–संगठन र सर्वसाधारणको राय संकलन गरी प्रतिवेदन तयार पारिएको जानकारी दिए ।
६४ पृष्ठको प्रतिवेदनले नाम र राजधानीबारे के सिफारिस गरेको छ भन्ने विषय गोप्य राखिएको छ । प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राउतले यो प्रतिवेदनलाई प्रदेशसभामा छलफलका लागि लगिने बताए ।