अनुज
मिती:-२०७५\०४\०६, मेरो जिवन को पहिलो काँलेजको दिन, मेरो मस्तिष्कमा समुद्रका लहराझै विभिन्न प्रश्नहरुको लहर बग्दै थियो जस्तै;कस्ता मित्रहरू पाउनेछु, त्याहाँको वातावरण कस्तो रहनेछ, गुरुहरू कस्ता पाउनेछु आदि ।
बिहानीको ६:०० बज्यो
स्नानको साथ चिटिक्क तैयार भई, “आमा म गएँ” भन्दै प्रस्थानाभिधाम् दिए।
बिहानीको ति चिसो हावा र सुर्यको पहिलो सुनौलो किरणलाई मैले प्रकृतीको आशिर्वाद स्वरूप लिई । मेरो यात्रा काँलेज तर्फ।
समय:- ६:२५
२५ मिनेटको प्रतिछा काँलेजको द्वार भित्र टुन्गीयो।
मुटुको धड्कन मेरो shirt ले पनी थाम्न सकिरहेको थिएन र अनुहारमा nervousness पनि त्यस्तै।
बल्लतल्ल आफ्नो कक्षाको द्वार बाहिर लामो स्वास फेर्दै कक्षा कोठामा भित्रीए, अर्को दुनीयाबाट आएको जस्तो सबै…….काे नजर मेरैतर्फ! सबै अनुहार मेरो लागि नयाँ थियो र आफु बस्ने सिटको खोज्मा !
जब म आफ्नो टाउको सर्लक्क दाहिनेतर्फको 1st bench तिर घुमाए, अचानक मेरो आँखामा चमक छाइयो, घुमौरो उनिको कपाल, उनको आँखाको छेउमा झुन्डिएको थियो र गुलाबको पंखुड़ी झै कलिलो उनको गुलाबी होठलाई आाफनै दन्ते लहर ले टोक्दै थिन्! मानौ बिहानीको गुलाबको पत्रमा अोषझै चम्केकी उनी!–हेर्दै माया लाग्दो!
म झस्सक भए पुरा कक्षा भरिमा उनी एक्लै केटी थिइन् र कक्षाको साथ साथ आफ्नो Bench मा पनि एक्लै थिइन् । काँलेजको पहिलो दिन र त्यसमापनि उनी आफ्नो सिटमा एक्लै। यि दृश्य देख्दा,म जस्री त्यसरी उनको सिटमा गएर बसीदिए। ४-घण्टी बितीसक्यो र त्यो चार घन्टी भरी मेरो मनमा उनीकै विचारहरू खेल्दै थियो , मैले सोचि सकेकोथिए अब त केही न त केही कुरा गर्छु र म घब्राहटकै स्वरमा सोधे “तिम्रो नाम के हो? ”
उनी आफ्नो सिर मेरोतर्फ घुमाइन् र हाम्रो नय्न जुध्यो अचानक खै कहाँबाट फुलहरुको मिठो सुगन्धको आभास भयो । मेरा आँखाले उनी बाहेक अरु केही देख्नैसकीरहेको थिएन र समय पनि त्यो बेला बिस्तारमा चलदैथियो। र उनि हल्का मुस्कुराउदै भनि्न मेरो नाम **sti*!!
अब लेख्ने सिप भएसी दुई शब्द उनिकै नाम मा
—आकर्षित भए म तिम्रो त्यो रुपले।
—न्यानो स्वर तिम्रो कोयल स्वरुपले।
—उत्सव तिम्रो माया को यो बिरानो मन्मा छाईयो।
—जिन्दगीका पाना पल्टाई।
— अन्तिम्मा तिम्रै गित गाईयो………।


Very well 👍👍👍
I could feel every word. Keep up the good work and best of luck 😊😊