यहाँ कहाँ आई पुगेछु म ?

spot_img

 

राकेश देबकोटा

मलाई आज मेरो जन्मभुमिको बारेमा कुरा गर्न मन छ । आफ्नो गाउँको, आफ्ना आफन्तको, आफ्नो माटोको कुरा सबैलाई सुनाउन मन छ ।

पक्कै पनि कसलाई माया हुँदैन र ? आफ्नो जन्मभुमिको अनि मातृभुमिको ।
तर पनि बाध्यता र परिस्थितले त्यही माटो तथा त्याहाँका नातेदारलाई क्षणिकका लागि त्यागेर यहाँ नचिनेको भुमिमा पाइला टेकेर जिवन निर्वाह गर्नुपर्दाे रहेछ ।
हो, कँहा म त्यो गाउँले जीवन अनि त्यही गाउँका इष्टमित्र र आफन्तजनहरुको माया मुस्कान सबै थोक बिर्सेर यहाँ अपरिचित अनुहारको भिडमा एक्लै संघर्ष गरिरहेको छु । जहा बनावटी अनुहारहरुमा सिमित मुस्कानहरु हुन्छन् र ति सिमित मुस्कानहरुको सामुन्ने नचाहेर पनि मुस्कुराउनु पर्छ ।

कहाँ म भिर पाखाको माटो सँग पौडेजोडी खेल्दै खादै रमाउँदै गरेको मान्छे म । कहाँ यहाँ दुषित माटो बिरानो वस्तीमा पसिना चुहाउँदै अलमलिरहेको छु ।
कहाँ म नाता आफन्तहरु को न्यानो माया र शान्त मनोरम वातावरणमा हुर्केको मान्छे यहाँ असाध्यै कोलाहल र भिडभाड रहने गल्लीहरु गाउँघरको न्यानो माया खोज्ने प्रयत्न गर्दै छु म, जब कि त्यो यहाँ असम्भ छ भनेर थाहा हुँदा हुँदै पनि ।

कहाँ म छोरा छोरि घर परिवार आमा बाबा आफन्त हरु सँग रमाउने अनि आमा बाबाको बुढेसकालको सहारा बन्नुपर्ने बेला सबै छाडेर कहाँ यहाँ कुकुर र बिरालो सँग रुने र रमाउने हरु को बिचमा आईपुगेछु म । हो यहाँ काहाँ आई पुगेछु म ? आफैलाई प्रश्न गर्छु अनि जवाफ आफै भित्र दबाइराख्छु ।

यहाँका मान्छे हरु ब्याक्तिगत स्वार्थमा लिप्त हुँदा रहेछन् । तर म गाउँको जस्तै निश्चल र पबित्र वातावरण ठानेर स्वतन्त्र रुपमा निर्धक्क बोल्न, हिड्डुल गर्न खोज्छु जबकी मलाई राम्रो सँग अवगत छ यहाँ हाच्छिउ आउदा पनि नाक भित्र दबाउनु सिवाय अरु बिकल्प छैन भनेर ।
यदि बाहिर आवाज निस्किएको खण्डमा सरि भन्दै आफ्नो काममा निरन्तरता दिनु बाहेक अरु बिकल्प नहुने यस ठाउँमा त कुकुर पनि भुक्न र टोक्न बिर्सिदो रहेछ ।

हो म त्यतिबेला सम्झन्छु, मेरो गाउँको पहिचान जति ढुंगा हान्दा पनि नरिसाउने, जेठमासको गर्मिमा डुबुल्की मारेर शितल प्रदान गर्ने, अनि हिँड्न गाह्रो भाको बेलामा डुंगा चढेर वार पार गर्ने अनि कहिले खल्तिमा पैसा नभएको बेला निगालोमा बल्छी बाँधेर माछि मारेर बेचेर कमाएको थोरै भएपनि सन्तुष्टिको कमाइ, पक्कै पनि मैले यति भनिसक्दा तपाइहरुले अनुमान लगाइसक्नुभयो होला म स्यार्पु तालको बारेमा कुरा गर्दै छु भनेर ।

निर्मल, पबित्र र कन्चन स्यार्पुताल, टलक्क हिँउ टल्किने सिस्ने हिमाल, कमल फुलले सजिएको कमल दह, कसैको अधिनमा नरहेर आफ्नै सुरमा सललल बगिरहने सानि भेरि जस्ता तमाम तमाम प्राकृतिक सम्पदाहरु जसलाई म असाध्यै मिस गर्छु । अनि फेरी सोच्छु यहाँ काहाँ आई पुगेछु म ?
कोईलिको कुहु कुहु सल्लाघारिको स्वा स्वा आवाज अनि एकै रप्तारमा चलिरहेको प्रकृतिको एसि छोडि काहाँ यहाँ दैनिकि मानिने घडीको टिङ टिङ आवाज बिच रुमलि रहेको छु अनि स्वस्फूर्त खुसी दुःखी का तरङ्ग हरु कोठा भित्र रुमलिदै सिमित हुन्छन् । अनि फेरी सोच्छु यहाँ काहाँ आई पुगेछु म ?

राकेश देबकोटा पश्चिम रुकुम बाफिकोट गाउँपालिका हाल संयुक्त राज्य अमेरिका टेक्सास

spot_img

ताजा अपडेट

लोकप्रिय