जनकपुरको कार्यक्रम सकिएकै राती मेरो मैसेन्जरको अनरिड मैसेजमा मा केही यस्तै खालका मैसेजले दस्तक दिए ।
मैसेजमा “फ्यान” शब्द देखेर यसै त मन गदगद थियो नै झन उनको प्रोफाईल देखेपछि मनमा खुशी र उत्साहको तरङ एकै साथ तरङित भएको थियो ।
गाजलमा लत्पतिएका ठुल्ठुला आँखा, खुल्ला छोडिएका काला घना कपाल, कपाल माथि चस्मा, सेतो रंगमा कालो धर्को वाला टिसर्ट अनि पिंक लिप्सटिकमा मन्ध मुस्कान सहितको सेल्फीबाला प्रोभाईल पिक्चर ।
फ्यान हुँ भन्दै मेसेज आको छ, एक छिनमा रिप्लाई गरौला भन्दै उनको आईडी खोतल्न थाले । उनको फेसबुके भित्तामा केटाहरूले ट्याग गरेका केही फोटा तथा सायरि नै सायरी थिए । उनको पोस्ट बिर्लै देखे । तर, उनले पोस्ट गरेका तस्बिर असाध्यै कडा ।
केही समय उनको प्रोफाईल हेरेर बिताएपछि लाग्यो अब त रिप्लाई गर्नैपर्छ ।
नभन्दै “हजुर ” लेखेर पठाईदिए ।
केही सेकेन्डमै रिप्लाइ आयो ” धन्यवाद” ।
“के का लागि ? ” मैले सोधे ।
“मेरो रिक्वेस्ट एक्सेप्ट गर्नका लागि” ।
अलि भाउ खाँदै मुस्कान सहितको ईमोजी पठाईदिए ।
“अस्तिको प्रोग्राममा मेरा नजर तपाईं माथि नै थिए । अझ भन्दा त्यो कार्यक्रम अवधी भरि म तपाईलाई नै हेर्दै थिए । ” उनले भनिन् ।
“हो र ? धन्यवाद । ”
“तपाई असाध्यै राम्रो बोल्नुहुन्छ । त्यो कालो कोटमा साह्रै हैण्डसम देखिदै हुनुनथ्यो ।”
“तपाईं पनि राम्री हुनुहुन्छ । ” मैले पनि भन्दिहाले ।
उताबाट रातो पानको पात (दिल) को ईमोजी सहित केही वाक्य आए ।
“अस्ति प्रोग्राममा, म तपाईको ठेयाक्कै अगाडि बसिरा’थे । तपाईले एकचोटी पनि म तर्फ हेर्नुभएन ”
दुखिवाला ईमोजि सहितको दुखेसो ।
संगीतकार यश कुमारले एउटा गीतमा भनेका छन “बिरानो यो मन्दीरमा, कुनै दियो बल्दैन । ”
तर, त्यो रात भने बिरानो मेरा यो मनको मन्दिरमा दियो मात्र हैन आगो नै बल्न आटेको थियो ।
त्यसपछि सुरू भएको कुराकानि राति अबेरसम्म रोकिएन । थरी थरी, नानाथरीका गफ भए ।
त्यसपछि उनले सोधिन् “तिम्रो उमेर कती?”
कुराकानीका क्रममा “तपाईं” देखि “तिमी” कहिले भयो, मलाई पत्तो भएन ।
“तिम्रो उमेर कती ?” मैले सोधे ।
“२१, तिम्रो?”
फटाफट रिप्लाई फर्काई रहेका मेरा हात टक्क अडीए ।
उनी म भन्दा ठ्याक्कै २ वर्ष जेठी । आफ्नो सहि उमेर बताए भने कतै हुनै लागेको माया लोप पो हुने हो कि भन्ने डर ।
“मेरो पनि २१” देखाजाला भन्दै ठेल्दिए रिप्लाई ।
यदि पछि गएर केही कडा नै भयो भने मायाले उमेर देख्दैन भन्ने सान्त्वना सहित कुराकानि जारी रह्यो ।
समय रातिको ११.०० बज्यो । कुराकानी प्रारम्भ भएको ४ घण्टा भएको थियो ।
ठ्याक्कै ११.१० मा आएको उनको एक मेसेजले मेरो पैताला मुनि धर्ती खस्कायो । टन्टलापुर घाममा कसैले छाता ओढाए जस्तो । कुनै एक राज्यको राजाले राजागद्दीमा प्रथम पटक आरोहण गरे जस्तो ।
चिनजानको चार घण्टामै “आई लव यु” ठोक्दि हालिन् मायाले । १८ वर्षको वनबास पछि गृहप्रवेश गरे जस्तो महशुस हुँदै थियो । उमेर १८ वर्ष भईसक्दा पनि एउटी पट्याउन सक्या थिईन, त्यही भएर १८ वर्षको वनबास ।
जिन्दगी मै पहिलोपटक कसैले आई लव यु, भन्या थियो । खुसीको सिमाना मेटिएको थियो ।
हल्का भाउ खाउ भन्दै, रिप्लाई गर्न केही समय लगाए ।
“अह्, माया त माया हो । बसिहाल्यो ।” उनले भनिन् ।
जिन्दगी मै पहिलोपल्ट कसैले प्रोपोज गर्या थियो । हल्का डर्र त थियो नै ।
विषय परिवर्तन गर्न खोज्दै सोधे “आज कार्यक्रममा पुजाको नृत्य असाध्यै राम्रो थियो है ?”
“पहिला मेरो जबाफ देउ । पुजाको कुरा पछि गरौला । ” रिसवाला ईमोजी सहित उनको रिप्लाईले मोबाईल भाईब्रेट भयो ।
अब हुनै लागेकी मायालुका अगाडि अर्कि केटीका बारेमा कुरा गर्दा रिसवाला ईमोजी नभए दिलवाला आउनु ?
म बेकुफलाई के थाहा यो कुरा । पहिलोपटक जो यस खालको गफ गर्दै थिए ।
“आई लव यु टु” दिलवालाका ईमोजीका साथ मेरो मैसेज उनको मोबाईलमा पुग्यो । सायद, भाईब्रेट पनि भाकै होला ।
केही सेकेन्डमै,
“धन्यवाद” उनले भनिन् ।
महिनामा एकाध पटक भेटघाट पनि हुन्थ्यो । कहिले उनी आउथिन् त कहिले म जान्थे ।
आखिर कसले भन्छ मायालाई उमेरले छेकेको छ ?
उमेरमा उनी जेठि भएपनि हाम्रो माया समान थियो । माया प्रवाहमा न कुनै उतार थियो न चढाव । सामाजिक सञ्जालबाट गाँसिएको उनको र मेरो माया यति गाढा र पक्का हुन्छ भन्ने महशुस थिएन ।
उनी मभन्दा ५०० किलोमिटर टाढा बस्थीन् । तर, माया यस्तो सधैँ नजिक भएजस्तो ।
मायालाई न उमेरले छेकेको छ, न दुरीले रोकेको छ । माया त दुई मुटुको अनन्त यात्रा हो ।
हुँदाहुँदै उनको मोबाईल स्विच अफ र मैसेन्जरमा अनलाईन नआको एक महिनै बित्यो ।
जनकपुर जाऊ सोचे । ठेगाना थाहा थिएन ।

